Top Header Ad 1

पोखरामा जुवा तास खेल्दै गरेका ९ जना पक्राउ, नगद र डलर बरामद

पोखरामा जुवा तास खेल्दै गरेका ९ जना पक्राउ, नगद र डलर बरामद

परिबर्तन न्युज
७ बैशाख २०८३ बजे
परिबर्तन न्युज
७ बैशाख २०८३

वैशाख ७, पोखरा

पोखरा महानगरपालिका वडा न. २६ वरालडाँडामा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले ९ जनालाइ पक्राउ गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीको मातहतमा रहेको इलाका प्रहरी कार्यालय सिसुवा बाट खटिइ गएको प्रहरी टोलीले आइतबार साँझ करिब ४:३० बजे उनीहरूलाई पक्राउ गरेको  थियो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट नगद नेपाली रुपैयाँ ३ लाख १९ हजार ४३५ र अमेरिकी डलर १३४/- घटनास्थलबाट बरामद गरिएको र सोही स्थानबाट चार बुक तास समेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत “जुवा तास वा सट्टेबाजी गर्न नहुने” मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका का निमित्त सूचना अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज