Top Header Ad 1

गृहमन्त्री सुदन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीको जिम्मेवारीमा

गृहमन्त्री सुदन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीको जिम्मेवारीमा

परिबर्तन न्युज
९ बैशाख २०८३ बजे
परिबर्तन न्युज
९ बैशाख २०८३

बैशाख ९,काठमाडौं

गृहमन्त्री सुदन गुरुङले दिएको राजीनामा स्वीकृत गृहमन्त्रालयको जिम्मेवारी अस्थायी रूपमा प्रधानमन्त्री स्वयंले सम्हालेको स्रोतले जनाएको छ।

Advertisement:Ad
Advertisement:Ad

गृहमन्त्रीको राजीनामासँगै सरकारभित्र राजनीतिक तरंग देखिएको छ। संवेदनशील मन्त्रालयका रूपमा रहेको गृहमन्त्रालय नेतृत्वविहीन अवस्थामा पुगेपछि सुरक्षा तथा प्रशासनिक संयन्त्रमा समेत प्रभाव पर्ने चिन्ता व्यक्त गरिएको छ।

यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ। पार्टीका नेताहरूले गृहमन्त्रीको राजीनामालाई उत्तरदायित्व र पारदर्शिताको दिशामा भएको कदमका रूपमा व्याख्या गरेका छन्। रास्वपाले अब सरकारमाथि थप दबाब सिर्जना गर्दै विवादित विषयहरूको निष्पक्ष छानबिन गर्नुपर्ने मागलाई अझ सशक्त बनाउने रणनीति लिएको बताइएको छ।

राजनीतिक वृत्तमा भने यो घटनाले सत्ता समीकरणमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ। विश्लेषकहरूका अनुसार गृहमन्त्री परिवर्तनले सरकारको स्थायित्वमाथि प्रश्न उठाएको छ भने वैकल्पिक शक्तिहरूलाई आफ्नो उपस्थिति मजबुत बनाउने अवसर समेत दिएको छ।

अब सबैको चासो नयाँ गृहमन्त्रीको नियुक्ति कहिले हुन्छ र सरकारले उत्पन्न परिस्थितिलाई कसरी व्यवस्थापन गर्छ भन्नेमा केन्द्रित भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज