Top Header Ad 1

कास्कीकोटमा विनाशकारी असिना : किसानका सपना चकनाचुर

कास्कीकोटमा विनाशकारी असिना : किसानका सपना चकनाचुर

महिनौँदेखि गरेको मेहनत र लगानी एकैछिनमा नष्ट भएपछि किसानहरू निराश बनेका छन्। उत्पादन बेचेर घरखर्च चलाउने आशामा रहेका किसान अहिले राहत र क्षतिपूर्तिको अपेक्षा

परिबर्तन न्युज
१३ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
१३ जेष्ठ २०८३

जेठ १३, पोखरा

पोखरामा वर्षायाममा पानी पर्नु सामान्य भए पनि हिजो र अस्ति बेलुका पानीसँगै परेको असिनाले स्थानीय किसानलाई ठूलो मार परेको छ। पोखरा महानगरपालिका वडा नं. २४ अन्तर्गत पर्ने कास्कीकोट क्षेत्रमा असिनाले तरकारी तथा अन्नबालीमा व्यापक क्षति पुर्‍याएको स्थानीयहरूले बताएका छन्।

Advertisement:Ad
Advertisement:Ad

स्थानीय किसानका अनुसार मनग्य आम्दानी दिने काक्रो, घिरौला, फर्सी, सिमी, लौका लगायतका तरकारी बाली पूर्ण रूपमा नष्ट भएका छन् भने मकैलगायत अन्नबालीमा पनि ठूलो क्षति पुगेको छ। भर्खरै रोप्न तयारी अवस्थामा राखिएको धान र कोदोको बीउसमेत असिनासँगै बगेर खेतबारी उजाड बनेको किसानहरूको गुनासो छ।

किसानहरूले महिनौँको मेहनत र वर्षदिनको आशा केही मिनेटमै समाप्त भएको बताएका छन्। उत्पादन बेचेर घरखर्च चलाउने र ऋण तिर्ने योजना बनाएका किसान अहिले निराश बनेका छन्। “अब न अन्न बाँकी रह्यो, न आम्दानीको भरोसा,” एक स्थानीय किसानले दुःख व्यक्त गरे।

लगातारको वर्षासँगै आएको असिनाले खेतीपातीमा ठूलो क्षति पुर्‍याएपछि किसानहरूले राहत तथा क्षतिपूर्तिको माग गरेका छन्। स्थानीय तह तथा सम्बन्धित निकायले तत्काल क्षतिको विवरण संकलन गरी प्रभावित किसानलाई राहत उपलब्ध गराउनुपर्ने आवाज उठ्न थालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज