Top Header Ad 1

पोखरामा रक्तिम सांस्कृतिक अभियानको कार्यक्रम हुने

पोखरामा रक्तिम सांस्कृतिक अभियानको कार्यक्रम हुने

परिबर्तन न्युज
२३ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
२३ जेष्ठ २०८३

जेठ २३ , पोखरा

राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा’ भन्ने नाराका साथ  राष्ट्र, राष्ट्रियता र जनपक्षीय चेतनाको पक्षमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

चेतना र संस्कृतिको जनस्तरसम्म अधिकारको बिगुल फुक्दै विगत चार दशक अगाडिबाट सांगीतिक आन्दोलन सञ्चालन गर्दै आएको रक्तिम सांस्कृतिक अभियानले यहि २५ गते पोखराको सभागृहमा दिउँसो १ बजेदेखि विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

राष्ट्रिय जनमोर्चाको सांस्कृतिक संगठनका रूपमा परिचित रक्तिम सांस्कृतिक अभियानले गीत, संगीत र नृत्यमार्फत जनतालाई सचेतना फैलाउँदै आएको जनाएको छ।यस किसिमका अभियानले नेपाली माटोमा विगत चार दशक अघिदेखि नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनको नेतृत्व गर्दै आएको दाबी गरेको छ।

आयोजकका अनुसार पोखरामा यसअघि पनि ‘ठूली’, ‘कुर्चीको खेल’, ‘जवाफ’ लगायतका गीतिनाटक तथा सांस्कृतिक प्रस्तुति मञ्चन गरिसकेको अभियानले यसपटक पनि नयाँ सन्देशमूलक कार्यक्रम प्रस्तुत गर्न लागेको हो।

पोखरा सभागृहमा आयोजना हुने कार्यक्रममा ‘युग बोध’ गीतिनाटक सहित विभिन्न सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ। कार्यक्रममा सहभागी भई सांस्कृतिक अभियानलाई साथ दिन आयोजकले सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।

रक्तिम सांस्कृतिक अभियानले सांस्कृतिक रूपान्तरण र सामाजिक चेतना अभिवृद्धिका लागि कला, साहित्य र संस्कृतिलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्दै आएको आयोजक राष्ट्रिय जनमोर्चा निकट युवक संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो।

कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्नसमेत राष्ट्रिय जनमोर्चा, कास्कीले अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज