Top Header Ad 1

बाढीपीडितका लागि मादी गाउँपालिकाद्वारा १० लाख रुपैयाँ सहयोग

बाढीपीडितका लागि मादी गाउँपालिकाद्वारा १० लाख रुपैयाँ सहयोग

परिबर्तन न्युज
११ भाद्र २०८३ बजे
परिबर्तन न्युज
११ भाद्र २०८३

भदौ ११ , पोखरा

मादाी गाउँपालिकाले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिनुभयो।

गाउँपालिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाका नागरिक प्रभावित भएको घटनाप्रति गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गर्दै १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो।

Advertisement:Ad

विपद्बबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको सूचना अधिकारी सुबोध खनालले जानकारी दिनुभयो।

संकलित १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढी प्रभावित परिवारहरूको आवश्यकता र प्राथमिकता का आधारमा राहत तथा सहयोगमा उपयोग गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बाढीका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण नागरिकमा धैर्य, साहस र आत्मबल कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरेको छ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजग गुरुङ द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी नै गरेर जनप्रतिनिधि र कर्मचारीहरूको स्वेच्छिक योगदानबाट संकलित उक्त रकम बाढीपीडितको राहत तथा सहयोगमा खर्च गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज