Top Header Ad 1

प्रतिकूल मौसमका बाबजुद रसुवागढीबाट चार कर्मचारीको सफल उद्धार

प्रतिकूल मौसमका बाबजुद रसुवागढीबाट चार कर्मचारीको सफल उद्धार

परिबर्तन न्युज
१२ भाद्र २०८३ बजे
परिबर्तन न्युज
१२ भाद्र २०८३

भाद्र १२, रसुवा

अविरल वर्षा र प्रतिकूल मौसमका बीच रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार जना कर्मचारीको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका कर्मचारीहरूमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको हो।

Advertisement:Ad

सचिवालयले मौसमको प्रतिकूलताका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको जनाएको छ। बाढी तथा वर्षाका कारण प्रभावित क्षेत्रहरूमा थप जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय र सम्बन्धित निकायहरू सक्रिय रूपमा परिचालित रहेका छन्।

यसैबीच, बाढीका कारण प्रभावित बनेको अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि आवश्यक सामग्रीसहित समर्पित (डेडिकेटेड) हेलिकप्टर तथा विशेष उद्धार टोली आयोजनास्थलतर्फ परिचालन गरिएको छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा समेत सम्भावित उद्धार कार्यका लागि आवश्यक तयारी अवस्थामा राखिएको जनाइएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको र मौसममा सुधार आउनेबित्तिकै थप प्रभावकारी रूपमा अभियान सञ्चालन गरिने सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज