स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप दुर्घटना-सात जना घाइते

स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप दुर्घटना-सात जना घाइते

परिबर्तन न्युज
१८ आश्विन २०८१ बजे
परिबर्तन न्युज
१८ आश्विन २०८१

अशोज १८ , पोखरा

स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् उनीहरूलाई उपचारको लागि पोखरा ल्याइएको छ।

Advertisement:Ad
Advertisement:Ad

होमस्टेको हबको रुपमा चिनिएको सिरुबारीबाट पोखरा आउँदै गरेको ग१ज ५७५६ नम्बरको बलेरो जीप ब्रेक फेल भई आँधीखोला गाउँपालिका वडा नं २ बेझाङमा सडकको नालामा पल्टिएको अवस्थामा स्याङ्जा प्रहरीले उद्धार गरेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा पोखरा-१७ छोरेपाटनकी १६ वर्षीया अमना नेपाली, पोखरा-११ की मनिषा नेपाली र उनकी ३ वर्षीया छोरी सोफिया नेपाली, आँधीखोला गाउँपालिका-५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घमिरे, ३२ वर्षीया सिर्जना चापागाईं, अर्जुनचौपारी गाउँपालिका-५ आरुचौरका ५८ वर्षीया शान्तिकुमारी सापकोटा र ६१ वर्षीय शिव सिग्देल दुर्घटनामा घाइते भएको बताउनुभएको छ ।

Advertisement:Ad
Advertisement:Ad

स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलका अनुसार सबै घाइतेलाई पोखरा ल्याइएको छ । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी पौडेलले बताउनुभएको छ भने जीप चालक स्याङजा अर्जुनचौपारी-५ का २७ वर्षीय सागर विश्वकर्मा प्रहरी नियन्त्रणमा लिइसकेको बताउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज