निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले गर्‍याे अश्रुग्यास प्रहार

निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले गर्‍याे अश्रुग्यास प्रहार

परिबर्तन न्युज
८ कार्तिक २०८१ बजे
परिबर्तन न्युज
८ कार्तिक २०८१

कार्तिक ८ , पोखरा

पोखरा वाईचोक बाट रास्वपा कार्यकताले राष्ट्र बैंक चोक  निषेधित क्षेत्र भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। निषेधित क्षेत्रमा जान नदिनको लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको भएपनि मानवीय क्षति भने भएको थएन ।

Advertisement:Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाइ सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेपछि रास्वपा कार्यकर्ताहरुले सडकमा आन्दोलन गरिरहेका छन् ।

कास्की जिल्ला अदालत, सहिदचोक आसपास लगायतका क्षेत्र आसपासका क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र तोकेको थियो ।

रास्वपाका कार्यकर्ताले दिनहुँ सडकमा आन्दोलन गरेर  रवि लामिछाने माथि गर्न लागिएको अनुसन्धानलाइ प्रभावित पार्न खोजेको भन्दै सहकारी पीडितहरुले बिहीबारले पनि सधैँजसो आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज