रेडक्रस पोखरा-१९ उपशाखाद्वारा शुभकामना आदानप्रदान तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

रेडक्रस पोखरा-१९ उपशाखाद्वारा शुभकामना आदानप्रदान तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
१० कार्तिक २०८१ बजे
परिबर्तन न्युज
१० कार्तिक २०८१

कार्तिक १० , पोखरा

नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा न.१९ उप शाखाले दुईदिने स्नेह मिलन तथा कार्ययोजना तर्जुमा सहित  शुभकामना आदानप्रदान तथा अध्ययन अवलोकन भ्रमण माछापुछ्रे गाउँपालिका वडा न. १ मा रहेको मिर्सा सामुदायिक होमस्टे कास्की मा सम्पन्न गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

भ्रमण कार्यक्रम पोखरा १९ लामाचौर चोकबाट माछापुच्छ्रे गाउँपालिका वडा नं. १ मा अवस्थित मिर्सा सामुदायिक होमस्टेमा गएर शुभारम्भ भएको कार्यक्रम उपशाखाका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमक प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी का केन्द्रीय उपकोषाध्यक्ष तथा निवर्तमान केन्द्रीय सदस्य डोलराज पाण्डेले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रम को शुभारम्भ गर्नुभएको थियो।

कार्यक्रमको शुभारम्भ गर्दै डोलराज पाण्डेले नेपालका ७७ वटा जिल्लाहरूमध्येमा सक्रिय रेडक्रसको रुपमा कास्की रेडक्रसलाई हेरिएको र कास्कीको रेडक्रस उपशाखा हरूलाई हेर्दा सबैभन्दा सक्रिय उपशाखाको रुपमा पोखरा १९लाई हेरिएको बताउनुभयो। नेपाल नेपाल रेडक्रस सोसाइटी यस्तो सामुदायिक सामाजिक संस्था हो। जसले समाजमा भइपरि आउने दुखद घटनाहरु मानवीय संवेदनशीलता सबैलाई मध्यनजर गर्दै उहाँहरुलाई प्राथमिक उपचार जस्तै के गर्न सकिन्छ भनेर सहयोग गर्ने संस्थाको रुपमा परिचित यो संस्थालाई पोखरा १९ ले महत्त्वपूर्ण जिम्मेवारीको भूमिका निर्वाह गरिरहेको हामीले बुझिरहेका छौं भन्नुभयो।

Advertisement:Ad
Advertisement:Ad

रेडक्रस उपशाखाले पुस्तक विमोचन गरिसकेको छ। विशिष्ट सदस्य हरू निर्माण गरिसकेको छ। आवश्यकता परेमा अझै पनि सदस्यता बढाउने काम गर्ने नै छ। आपत विपतमा परेका मानवीय सेवा गर्नमा यो समिति र विशिष्ट समितिका सदस्यहरू सबैले उत्तिकै जोश जागर र हिम्मत बटुल्दै सबैको हितमा काम गरेको छ भन्ने केन्द्रीय समितिले पनि राम्रोसँग बुझेको प्रष्ट पार्नुभयो।

रेडक्रसको समितिको दुनियामा यसरी आफ्नै पैसा उठाएर रमाउने वातावरण सिर्जना गर्ने यो संस्थालाई हामी प्रशंसा नगरिरहन सक्दैनौ भन्दै तपाईंहरूको आतिथ्यताको निम्तालाई केन्द्रीय समितिले हृदयदेखि नै छुट्टै किसिमको हेर्ने दृष्टिकोण रहेको हुनाले नै हामि त्यति टाढाबाट पनि। यो स्थान खोज्दै खोज्दै आएको जानकारी गराउनु भएको थियो।

त्यस्तैगरी विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा १९ का अध्यक्ष पुष्पन्द्र पाण्डेले रेडक्रसको काम कर्तव्य अधिकारका बारेमा विपतमा परेका समस्यामा परेका त्यस्ता व्यक्तिहरूलाई उद्धार गर्नको निम्ति निस्वार्थ भावले सहयोग गर्ने यो संस्थालाई हाम्रो वडाको तर्फबाट रेडक्रसले गर्ने कार्यक्रमहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग गरिरहेको भएपनि आगामी दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो।

धन्यवाद सहित आफ्ना सारगर्मित भनाइहरू राख्दै कार्यक्रमको अध्यक्षता गरिरहनुभएका नवराज पौडेलले समितिमा सबै एकजुट भएर गरिएको हुनाले हाम्रा हरेक कार्यक्रमहरू सफल हुने भएको बताउनुभयो।  आगामी दिनमा पनि यस संस्थाले विविध कार्यक्रम हरूमध्ये चाहे ती किताब प्रकाशन होस् चाहे ती विपदमा परेकाहरु लाई निस्वार्थ भावले सहयोग गर्ने कार्यक्रम किन नहोस् जुनसुकै परिवेशहरुले  तिनलाई सजिलै सफलताको मार्गमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरु लाई सम्झनुभएको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज