गण्डकी बोर्डिङ स्कुल लामाचौरको वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम-२०८१ सम्पन्न

गण्डकी बोर्डिङ स्कुल लामाचौरको वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम-२०८१ सम्पन्न

परिबर्तन न्युज
५ पुष २०८१ बजे
परिबर्तन न्युज
५ पुष २०८१

पौष ५, पोखरा

पोखरा महानगरपालिका वडा न.१९ लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुल ले वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

वार्षिक खेलकुद लगायत विविध कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्य आचार्यले गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यथा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराका कुलपति सूर्य बहादुर खड्का विखर्चीले गर्नुभएको कार्यक्रम भव्य र सभ्य रूपले विद्यालयका शिक्षक एवं अतिरिक्त क्रियाकलाप का प्रमुख मानबहादुर थापाले सञ्चालन गर्नुभएको थियो।

पानसमा बत्ती बालेर ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमको उद्घघाटन गर्नुभएको कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीले गण्डकी बोर्डिङ स्कुल नेपालकै अग्रणी संस्थाको रुपमा रहेको र यस संस्थाले नेपालकै धेरै राम्रा राम्रा सम्पत्तिहरू उत्पादन गरेको जसले गर्दा राष्ट्र र अन्तर्राष्ट्रियमा समेत गण्डकी बोर्डिङ स्कुलको नाम चर्चामा छ र यसलाई जोगाउनको निम्ति यहाँका राष्ट्रिय स्तरमा सबैले आफ्नो ठाउँबाट गण्डकी बोर्डिङ स्कुललाई सहयोग गर्दै यसको निरन्तरतालाई कायम राख्न सकिराख्नु भएकोमा सबैलाई बधाई दिनुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

गण्डकी बोर्डिङ स्कुलले आज राखेको कार्यक्रमको शीर्षक अनुसार खेलकुद ,सांस्कृतिक, पेन्टिङ, रमाइलो मेला ,शैक्षिक प्रदर्शनी र खानपिन जस्ता कार्यक्रमहरुलाई मध्यनजर गर्दै गरिएको कार्यक्रम बाट आफू प्रभावित भएको भन्दै गण्डकी प्रज्ञा प्रतिष्ठानले शीर्षक सुहाउँदो गरी सहयोग गर्न मिल्ने ठाउँ भएमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

गण्डकी बोर्डिङ स्कुलमा सर्वसाधारण जनताका छोराछोरी सबैले पढ्न पाउने वातावरण सिर्जना गर्न सके अझै राम्रो हुने जिकिर गर्दै आगामी दिनमा यसतर्फ पनि विद्यालय प्रशासन, सञ्चालक समिति लगायत विद्यालयसँग सम्बद्ध सबैको उत्तिकै गम्भीर चासो हुनेछ, रहनुपर्छ भन्दै यस विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो भने विद्यार्थी भाइबहिनीहरूले प्रस्तुत गर्नुभएको सम्पूर्ण प्रस्तुति करणहरु साह्रै राम्रा ,सरानीय र वैज्ञानिक भएको बताउँदै यस किसिमका उत्पादनले गण्डकी बोर्डिङ स्कुलको आफ्नै किसिमको स्थान राख्न सफल भएको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्यले कास्कीको मात्र नभई नेपालकै अग्रणी संस्थाको रूपमा रहेको गण्डकी बोर्डिङ स्कुलको आफ्नै नाम ,आफ्नै मान र आफ्नै शान छ भन्नुभयो। यस विद्यालय बाट उत्पादन भएका विद्यार्थीहरूको भविष्य सुनिश्चित हुन्छ भन्ने अभिभावकहरूको गहिरो विश्वास अनि सोचाइ र उहाँहरुले दिएको संस्थाप्रतिको मूल्य मान्यतालाई सम्पूर्ण विद्यालय परिवारले अझै गम्भीरताका साथ उत्तिकै  जिम्मेवारी बोध गर्नुपर्ने बताउनुभयो।

विद्यालयले शैक्षिक, भौतिक र आर्थिक सबै रूपमा अब्बल भएर अगाडि बढेको छ बढ्नुपर्छ भन्दै आज देखाइएका प्रदर्शनीहरू र यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूको चौतर्फी विकास हुने बताउँदै समन्वय प्रमुख लोकनाथ आचार्यले अहिलेको शिक्षा कुरा किताबी ज्ञान मात्र नभई अहिलेको शिक्षा व्यवहारिक शिक्षाको रुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ नेपाल सरकार अगाडि बढिरहेको हुनाले आज देखाइएका प्रदर्शनहरू प्रशंसनीय भएको बताउनुभयो ।

आज भएको कार्यक्रममा समाजमा स्थापित शैक्षिक, प्राज्ञिक, बौद्धिक लगायत सामाजिक मान्ने गुन्ने व्यक्तित्वहरू, विद्यालयका पूर्व प्रधानाध्यापक हरू, पूर्व शिक्षकहरु, अभिभावक र पूर्व विद्यार्थी लगायतको आतिथ्यता भएको सो कार्यक्रममा अर्चिड डेन्टल रानीपौवाले सञ्चालन गरेको  एक दिने दन्त शिविर कार्यक्रममा करिब २०० भन्दा बढी विद्यार्थीहरूको दन्त परीक्षण गरेको जानकारी गराउँदै गण्डकी बोर्डिङ स्कुल लामाचौरले अर्चिड डेन्टल रानीपौवालाई प्रशंसापत्र प्रदान गरेको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज