ताङ्वे समाज पोखराको शैक्षिक सम्मान तथा तारा खेल समापन

ताङ्वे समाज पोखराको शैक्षिक सम्मान तथा तारा खेल समापन

परिबर्तन न्युज
२७ पुष २०८१ बजे
परिबर्तन न्युज
२७ पुष २०८१

पोखरा पुस २७

ताङ्वे समाज सेवा संघ पोखरा ५ पर्स्याङले शैक्षिक सम्मान र तारा खेल कार्यक्रम समापन गरेको छ ।

Advertisement:Ad

शनिबार पोखराको पस्र्याङमा रहेको समाज घरमा भएको नयाँ वर्ष ढुक ल्हो(२०२५) एवं छउ पर्वको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

समाजले २०५७ सालदेखि एसइई, प्लसटु, स्नातक र स्नातोकोत्तर तह उत्तीर्ण गर्ने ताङ्वेतानीलाई हरेक वर्ष सम्मान गर्दै आइरहेको अध्यक्ष कर्साङ छवाङले बताउनुभयो ।

कार्यक्रममा स्नातोकोत्तर र स्नातकमा तहमा उतकृष्ट अङक सहित उत्तीर्ण गर्ने क्र्रमस रिक्का गुरुङ र अस्मी गुरुङलाई १० हजार नगद र सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै कक्षा १२ मा उतकृष्ट अङक सहित उत्तिर्ण प्रमिल गुरुङ,सुहान गुरुङ र निमार्ण गुरुङ लाई ५ हजार ६ सय ८५ नगद र सम्मानपत्रले सम्मान गरिएको थियो भने एसइईतर्फ उकृष्ट अङक प्राप्त गर्ने ऐस्ना गुरुङ,बिओङका गुरुङ सिम्रन गुरुङ समेत सम्मान गरिएको थियो।

समाजमा २ दिनसम्म सञ्चालन भएको तारा खेल समापन गर्दै बिजेतालाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्रा.डा माया लामाले नयाँ वर्ष ढुक ल्हो (२०२५) एवं छउ पर्वको शुभकामना व्यक्त गर्दै आफ्नो बुबा र श्रीमानको सम्मानमा ५ वर्षको लागि, स्नातक र स्नातोकोत्तर तह उत्तीर्ण गर्नेहरूलाई प्रोत्साहनस्वरुप १० हजार प्रदान गर्दै आइरहेको बताइन् ।कार्यक्रममा संघका सचिव चेतन आनन्द सिंह, कोषाध्यक्ष फुर्प छिरिङलगायतले बोलेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज