अधिवक्ता दिनेश त्रिपाठी माथि आक्रमणको प्रयास

अधिवक्ता दिनेश त्रिपाठी माथि आक्रमणको प्रयास

परिबर्तन न्युज
२ माघ २०८१ बजे
परिबर्तन न्युज
२ माघ २०८१

माघ २ , काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि आक्रमणको प्रयास भएको छ।

Advertisement:Ad

पोखरा र काठमाडौं अदालतमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आक्रमण गरेका हुन्।

काठमाडौँ जिल्ला अदालतबाट थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरभित्रै कुटपिट भएको बिभिन्न सामाजिक सञ्जाल, युट्युब लाइभ कार्यक्रमबाट प्रत्यक्ष दर्शीहरूले बताउनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज