भाद्र २०,पोखरा
क्यान्सर पीडित गोरखा स्थायी घर भई हाल पोखरा १६ बाटुलेचौरमा दूध बेचेर जीवन यापन गर्दै आएका गोर्खाली दाइको उपचारकालागि संकलन गरिएको रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको थियो ।
उहा बसेकै घरमा गयर गरिएको कार्यक्रममा संकलित कुल रकम १ लाख ४३ हजार ९५० मध्ये एक लाख अडतिस हजार चार सय पचास रुपैयाँ मात्र हस्तान्तरण गरिएको थियो भने बाकी रकम उठनासाथ उपलब्ध गराउने आयोजक ले जानकारी गराउनु भयको थियो ।
सहयोग कार्यक्रम का अभियान्ता शिवराज देवकोटाको अग्रसरतामा विभिन्न समाजसेवी तथा मनकाधनिहरु वाट संकलन गरिएको रकम जनप्रतिनिधि वडाध्यक्ष जीवन प्रसाद आचार्य, माओवादी केन्द्र का जिल्ला सदस्य गुरुदत्त भट्टराई, नेपाली कांग्रेस १६ का सभापति अमृत शर्मा तिमिल्सिना,एमाले का विनोद अधिकारी,राष्ट्रिय जनमोर्चाका गणेश अधिकारी,हिमालय क्लब का अध्यक्ष मोहन बहादुर थापा,पत्रकार माहासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ वन्जरा लगायतको उपस्थिति मा पीडित परिवारलाई सो रकम हस्तान्तरण गरिएको विषय सहयोग सकलन कार्यक्रमका अभियान्ता शिवराज देवकोटाले जानकारी दिनुभयो।
अभियान्ता का अनुसार उहाले लामो समयदेखि पोखरामा दुग्ध व्यवसाय गर्दै आइरहेको र पछि क्यान्सर रोगबाट पीडित भएपछि उपचार गर्ने क्रममा उहालाइ आर्थिक समस्या हुनुका साथै दैनिक जीवनयापनमा समेत समस्या भएको जानकारी उपलब्ध भएपछि सो समस्यलाई समाधानर्थ अब केही गर्नु पर्छ भन्ने मान्यता का साथ सहयोग को अपेक्षा गरियको मा सबै सहयोगी मनहरुले सहयोग गर्नु भयपछि यो समभब भयको बताउनु भएको हुनाले सबै सहयोगी मनहरुलाइ ह्रदय देखिनै हार्दिक नमन गर्दछु भन्दै अभियान्ता शिवराज देवकोटाले जानकारी दिनुभय को हो ।
यस किसिमका गरिब बिपन्न अनी आर्थिक रुपले कमजोर अवस्था भएका आम नेपाली जनता हरुले यसकिसिमका भयानक डरलाग्दा रोग लाग्दा उपचार गरेर बाच्न पाउने कि नपाउने ? हामि गरिब भएकै कारणले मर्ने हो त ? भन्ने बिसयमा गम्भीर छलफल हुन जरुरी छ यस्ता सार्बजनिक महत्व राख्ने विषय मा सरकार पनि गम्भिर हुन् जरुरि छ हरेक नेपालीहरु ले यसको उत्तर खोजिरहेका छन सरकार !
– प्रकाश अधिकारी
२०८२ फाल्गुन ४
क्यान्सर पीडितलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण
क्यान्सर पीडितलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण
प्रकाशित मिति: २१ भाद्र २०७८
भर्खरै
-
१.
कार बाट पेस्तोल बरामद, थप जानकारी आउन बाँकी
-
२.
जर्मन दूतावासको बोलावट देखि ‘फेक इमेल’ विवादसम्म: आशिका तामाङ प्रकरणको वास्तविक
-
३.
जिल्ला समन्वय समिति कास्कीद्वारा अर्धबार्षिक समिक्षा सम्पन्न
-
४.
वडा अध्यक्ष शाहरा प्रधान निर्दोष-अदालतले दियो सफाइ, षड्यन्त्र पराजित-आरोपको राजनीति नाङ्गियो
-
५.
फोहोरको लुडोमा पोखरा : पासा मेयरले फाले, चाल राजनीति र अवरोधले रोक्यो
-
६.
पोखरा दौडिन तयार , २०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १० हजारभन्दा बढीको सहभागिता, पोखरा विश्वसँग जोडिँदै





भाद्र २०,पोखरा
प्रतिक्रिया