Top Header Ad 1

सुन चाँदी गरगहना चम्काइदिन्छौं भन्दै ठग्ने दुईजना भारतीय नागरिक पक्राउ

सुन चाँदी गरगहना चम्काइदिन्छौं भन्दै ठग्ने दुईजना भारतीय नागरिक पक्राउ

परिबर्तन न्युज
२१ चैत्र २०८१ बजे
परिबर्तन न्युज
२१ चैत्र २०८१

चैत २१, पोखरा

सुन चाँदी गरगहना चम्काइदिन्छौँ  नयाँ बनाइदिन्छौं भन्दै विभिन्न रासायन प्रयोग गरेर गालेर सुन घट्छ भन्दै ठगेको आरोपमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।

Advertisement:Ad
Advertisement:Ad

तपाईंको घर-आँगन , टोल-छिमेकमा “सुनचाँदीक गरगहना चम्काईदिन्छौं” भन्दै कोही आएको त छैन ? कतै तपाइंले आफ्नो सुनचांदीका गरगहना चमकाउन भनेर दिनु भएको त छैन ? होसियार हुनुहोस् कतै तपाईं पनि ठगिनुभएको त छैन!

गोर्खा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं. ६ भलायाडाँडा मा। उक्त गाउँमा सुनचाँदीको गरगहना चम्काइदिने प्रलोभन दिएर रसायन प्रयोग गरेर उक्त गरगहनाको तौल कम गरी आफुले राखेर ठगी गरेको आरोपमा दुइ जना भारतीय पक्राउ परेका छन्।

भारतको बिहार प्रदेश जदिया सुपौल बस्ने वर्ष ३२ को पिन्टु शाह र सोही ठाउँ बस्ने बर्ष ४१ को सन्तोष कुमार शाहलाई प्रहरीले सुनचाँदीको गरगहना चम्काइदिने प्रलोभन दिएर रसायन प्रयोग गर्दै उक्त गरगहनाको तौल कम गरी आफुले राखेर ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जानकारी दिएको छ।

 

यसैबीच जिल्ला प्रहरी कार्यालय गोरखाले एक सार्वजनिक सुचना जारी गरेर गरगहना चम्काईदिने भ्रममा परेर उनीहरुले यसभन्दा पहिले समेत अन्य कोही व्यक्तिहरूसमेतलाई ठगी गरेको भए प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज