Top Header Ad 1

बुमर्याङ रेष्टुरेन्ट लगायत विभिन्न संस्थाले पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने

बुमर्याङ रेष्टुरेन्ट लगायत विभिन्न संस्थाले पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने

परिबर्तन न्युज
२१ बैशाख २०८२ बजे
परिबर्तन न्युज
२१ बैशाख २०८२

वैशाख २१, पोखरा ।

नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।

Advertisement:Ad

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा पोखरा ६ लेकसाइडको बुमर्याङ रेष्टुरेन्ट सहयोगको घोषणा गरेको हो । मंगलबार रेष्टुरेष्टका सञ्चालक गणेश बहादुर भट्टराई र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै मंगलबारनै अवार्डलाई सफल बनाउन अफिसियल पानीको प्रायोजन सोल्टी पानी र अफिसियल एयरलायन्सको रुपमा यति एयरलायन्स रहने मञ्चले जनाएको छ । सोल्टी पानीको तर्फबाट निर्देशक प्रेम क्षेत्री र यति एयरलायन्सका तर्फबाट एयरलायन्सका पोखरा शाखा प्रमुख राम लामिछानेसँग मञ्चका अध्यक्ष मगर बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयर र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रयोजन सिटिजन फर्निचरले गर्ने सम्झौता भइसकेको छ । त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान, पोखरा पिज्जा हाउसलगायतका संस्थाले समेत सहयोगको घोषणा गरिसकेका छन् ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज