Top Header Ad 1

कुमुदिनी होम्स माध्यमिक विद्यालयमा खुला अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कुमुदिनी होम्स माध्यमिक विद्यालयमा खुला अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

परिबर्तन न्युज
२५ बैशाख २०८२ बजे
परिबर्तन न्युज
२५ बैशाख २०८२

वैशाख २५ ,पोखरा

पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा मंगलवार वार्षिक कार्यतालिका अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत माध्यमिक विद्यालय स्तरीय खुला अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement:Ad

शिक्षक मनबहादुर भुजेलको अध्यक्षता मा सम्पन्न कार्यक्रममा भएको प्रतियोगीतामा ९ र १० का करिब ४० जना विद्यार्थीहरूले “दक्ष जनशक्ति स्वदेशमा नै रोक्नका लागि सरकारको भूमिका” शीर्षकमा आ-आफ्ना विचार व्यक्त गरेका थिए।

खुला प्रतियोगितामा कक्षा १० (ख) का सक्षम गैह्रे प्रथम, कक्षा ९ (ग) की दिव्या आचार्य द्वितीय , कक्षा ९ (क) की आभना सिंह विश्वकर्मा तृतीय र कक्षा ९(क) की रिम्सा श्रेष्ठले सान्त्वना स्थान हाँसिल गरेका थिए।

विद्यार्थीहरू निशा छन्त्याल र युनिका ज्वारचनले सञ्चालन गरेको कार्यक्रममा शिक्षकहरू अभिशेक विश्वकर्मा, अनुपमणी अधिकारी र सन्तोष ढकालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज