Worldlink Communications

पोखरामा इभि माइक्रोबस दुर्घटना : मृतक तीन जना र घाइते आठ जनाको पहिचान

जेठ १, पोखरा

पोखरा लेखनाथको लामेआहालमा हिजो दिउसो ११ जना सवार सहित  इभि माइक्रोबस दुर्घटनाहुदा मृत्यु भएका तीन जना र घाइते आठ जनाको पहिचान खुलेको छ।

काठमाडौं बाट पोखरातर्फ आईरहेको ग१ज ८६३० नम्बरको इभी माइक्रोबस लेखनाथको लामेआहालमा दुर्घटना हुँदा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाकी ५१ वर्षीया झाङ माया गुरुङ, धादिङ ज्वालामुखी गाउँपालिका–५ की ४५ वर्षीया तिल कुमारी आचार्य र धादिङ निलकण्ठ नगरपालिका–२ का १५ वर्षीय आगम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

दुर्घटनामा परेर पोखरा महानगरपालिका–१४ का ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उहाकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

सामान्य घाइते भएका पोखरा महानगरपालिका–२५ का २७ वर्षीय आइत सिंह गुरुङ, नीलकण्ठ नगरपालिका–१३ का १९ वर्षीय सुदीप गुरुङ र त्यही क्षेत्रका १९ वर्षीय अनुप गुरुङ उपचार पछि घरजानु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्: