Worldlink Communications

नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको पद निलम्बन

जेठ १ काठमाडौँ

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री समेत भएका मोहन बस्नेत टेरामक्स प्रकरणमा मुछिएपछि सांसद् पद निलम्बन भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उहा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बन भएको हो । टेरामक्स प्रकरणमा अख्तियारले सांसद बस्नेतसहित १६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरे सँगै बस्नेतको सांसद पद निलम्बन भएको हो ।

सार्वजनिक पदमा आसिन व्यक्तिलाइ भ्रष्टाचार निवारण ऐन, २०५८ मा विरुद्ध मुद्दा दर्ता भएपछि स्वतः निलम्बन हुने व्यवस्था भए अनुसार उहाँको पद स्वतः निलम्बन भएको हो। सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बस्नेत सञ्चारमन्त्री रहँदा मन्त्रिपरिषद्ले मात्र पाउने अधिकारभन्दा बाहिर गएर टेरामक्स कार्यान्वयनको निर्देशन दिएको उहाँलाइ आरोप लागेको छ ।

अख्तियार आयोगले उहा सहित नेपाल दूरसञ्चारका तत्कालीन अध्यक्ष दिगम्बर झा, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र लगायत सबै विरुद्ध मुद्दा दायर गरेको छ ।

पूर्व सञ्चार मन्त्री बस्नेत लगायत सम्पूर्ण आरोपीहरुलाइ जनही रु तीन अर्ब २१ करोड, ८३ लाख, ७७ हजार १८२ बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: