Top Header Ad 1

जेठ १७ गते हुने मासिक दौडमा जनप्रतिनिधीहरु दौडने

जेठ १७ गते हुने मासिक दौडमा जनप्रतिनिधीहरु दौडने

परिबर्तन न्युज
१३ जेष्ठ २०८२ बजे
परिबर्तन न्युज
१३ जेष्ठ २०८२

जेठ १३, पोखरा

पोखरामा नियमित हुँदै आएको मासिक दौड अन्तर्गत यो महिना जेठ १७ गते हुने दौडमा जनप्रतिनिधीहरु दौडने भएका छन् ।

Advertisement:Ad

मासिक दौड कार्यक्रम अन्तर्गत आयोजना हुने जनप्रतिनिधि दौड भने नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत वर्षको अवसरमा घोषणा गरिएको दौड कार्यक्रम हो । ५ किमि जनप्रतिनिधि दौड संगै ५ किमि छात्र/छात्रा दौड समेत हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जनकारी दिनुभयो।

पोखरा रंगशालामा तय गरिएको उक्त दौडका लागि पोखरा महानगर पालिकाको समते सहकार्य रहने मञ्चका पूर्व अध्यक्ष एवं मासिक दौडका परिकल्पनाकार तेज बहादुर गुरूङले बताउनुभयो ।

यो पटक नियमित हुँदै आएको तीन कि मि छात्र/छात्रा दौड यो महिना स्थागित गरी ५ किमिलाई निरन्तरता दिइएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताउनुभयो । जेठ १७ गते हुने मासिक दौड छैटौं संस्करणको समेत हुने जानकारी कोषाध्यक्ष हरि बरुवालले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज