Top Header Ad 1
Top Header Ad 2

सुनको मूल्य आज पनि उकालोमा प्रतितोला चार हजार दुई सय रुपैयाँ

सुनको मूल्य आज पनि उकालोमा प्रतितोला चार हजार दुई सय रुपैयाँ

परिबर्तन न्युज
३० जेष्ठ २०८२ बजे
परिबर्तन न्युज
३० जेष्ठ २०८२

जेठ ३० पोखरा

आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलको एक लाख ९२ हजार नौ सय रुपैयाँ थियो । सरकारले लगाएको कर र भ्याटले सुनचाँदी व्यवसायमा सङ्कट देखिएको भन्दै व्यवसायीहरूले हिजो र आज देशभरका सुनचाँदी पसल बन्द गरेको नेपाल सुनचाँदी व्यवसायी कास्कीका अध्यक्ष भरत बि.कले जानकारी दिनुभयो ।

उहाँको अनुसार आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज हिजोकै प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज