योग विज्ञानकी प्रशिक्षक एवं सामाजिक व्यक्तित्व बिनाको दुखद निधन

असार १५,पोखरा
पोखरा १६ बाटुलेचौर निवासी योग विज्ञानकी प्रशिक्षक विना बस्नेत को निधन भएको छ ।
बाटुलेचाैर कालिलेक बचत तथा ऋण सहकारि संस्था काे कार्य समिति सहसचिब विना बस्नेतको ५९ वर्षको उमेरमा शनिबार बेलुका आफ्नै निवासमा निधन भएको हो।
लामो समयदेखि अस्वस्थ रहनुभएकि उहाँको आइतबार धार्मिक परम्परा अनुसार लामाचौरस्थित सती नर्वदा घाटमा अन्त्यष्टि गरिएको हो ।
घरबाट सुरु भएको शवयात्रा घाटमा पुगेर शोक सभामा परिणत भएको थियो । सबै को दिदि विना प्रति स्थानीयले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो।
स्वर्गीय बस्नेत को श्रीमान र २ छोरी हुनुहुन्छ हिमालय योग साधना केन्द्रकी योग प्रशिक्षक रहनु भएको उहाको निधनले विशेषगरी पोखरा १६ र त्यस क्षेत्रको सामाजिक तथा योग साधनाको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
यस दुखद घडीमा परिवर्तन न्यूज डटकम को तर्फदेखि स्वर्गीय बिना बस्नेतको आत्माको चिर शान्तिको कामना गर्दै उहाँको स्वर्गमा बास भएको होस् भन्दै परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं।