Worldlink Communications

पहिरो खस्दा मोटरसाइकल दुर्घटना हुदाँ श्रीमानको मृत्यु श्रीमती घाइते

असार २५, पाल्पा

पाल्पा दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी श्रीमानको मुत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकल मंगलबार दिउँसो ४ बजेतिर उक्त स्थानमा पुग्दा माथीबाट आएको पहिरोले पुरेको थियो। सोही क्रममा मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ ।

दिउँसो ४ बजेतिर एकाएक माथिबाट पहिरो खसेर मोटरसईकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटल तल तिनाउ किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरी चौकी दोभानका प्रमुख रुम केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: