पहिरो खस्दा मोटरसाइकल दुर्घटना हुदाँ श्रीमानको मृत्यु श्रीमती घाइते

पहिरो खस्दा मोटरसाइकल दुर्घटना हुदाँ श्रीमानको मृत्यु श्रीमती घाइते

परिबर्तन न्युज
२५ असार २०८२ बजे
परिबर्तन न्युज
२५ असार २०८२

असार २५, पाल्पा

पाल्पा दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी श्रीमानको मुत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्।

Advertisement:Ad

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकल मंगलबार दिउँसो ४ बजेतिर उक्त स्थानमा पुग्दा माथीबाट आएको पहिरोले पुरेको थियो। सोही क्रममा मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ ।

दिउँसो ४ बजेतिर एकाएक माथिबाट पहिरो खसेर मोटरसईकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटल तल तिनाउ किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरी चौकी दोभानका प्रमुख रुम केसीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज