Top Header Ad 1
Top Header Ad 2

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भयो भन्ने रिपोर्ट हावादारी- महानिर्देशक प्रदीप अधिकारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भयो भन्ने रिपोर्ट हावादारी- महानिर्देशक प्रदीप अधिकारी

परिबर्तन न्युज
५ भाद्र २०८२ बजे
परिबर्तन न्युज
५ भाद्र २०८२

भदौ ५, पोखरा

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानविन गर्न बनेको संसदीय उपसमितिले आधारहीन हावादारी प्रतिवेदन बनाएको आरोप लगाउनुभएको छ। ।

महानिर्देशक अधिकारीले मंगलबार पोखरा अन्र्तराष्ट्रिय विमानस्थल मै पत्रकार सम्मेलन गरेर संसदको सार्वजनिक लेखा समितिले बनाएको उपसमितिले मनगढन्ते रुपमा हावादारी प्रतिवेदन बनाएको बताउनुभएको हो।

उपसमितिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमामा १५ अर्ब भ्रष्टाचार भएको आरोप लगाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उप–समितिले विमानस्थल निर्माणको लागत १५ अर्बबाट बढाएर २२ अर्ब पुर्‍याएको, विमानस्थलको रनवे दबाएको, रनवे पुर्न विमानस्थलकै माटो प्रयोग गरे पनि बाहिरबाट माटो ल्याएको बिल बनाएको, विमानस्थल भित्र हवाई ईन्धन डिपो आफैले बनाउनुपर्नेमा नबनाएको, रिठ्ठेपानी डाँडा आवश्यक्ता भन्दा बढी काटेर भ्रष्टाचार गरेको आरोप लगाएको छ । साथै उसले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको देखिएकाले अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने र दोषिलाई कानूनी कारवाही गर्नुपर्ने भनेको छ ।

समितिले दिएको प्रतिवेदनलाई हावादारीको संज्ञा दिएका क्यानका महानिर्देशक अधिकारीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आफूले एक रुपैयाँ मात्र एक रूपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्न सरकार र छानविन उप–समितिलाई चुनौति दिनुभएको थियो । न्याय नै मार्नेगरी प्रतिवेदन बनाएको आरोप लगाउँदै उहाले ‘सरकारले जे जे गर भन्यो त्यो त्यो गरेर काम सक्दा अभियुक्त भएर सिफारिस हुन्छ ? यो कस्तो न्याय हो ? ।’ भन्नुभयो

महानिर्देशक प्रदीप अधिकारीले छानविन उपसमितिले लगाएको भ्रष्टाचारको बुँदाबुँदाको खण्डन गर्नुभएको छ उहाँले पूर्वाधार (आईटम) थपिनु, मुद्रास्फितिको रकम जोडिनु र गुणस्तर थपिदा विमानस्थल निर्माणको लागत बढेको बताउनुभयो । पोखराको विमानस्थलमा पहिलेको टेण्डरमा नभएको बोर्डिङ ब्रिज थपिएको, रन–वे र ट्याक्सी–वेको कालोपत्रेमा गुणस्तर थपिएको तथा पाँच वर्षको मुद्रास्फितिसमेत जोडेर एकमुष्ठ रकम २२ अर्ब पुर्‍याइएको उहाँको दाबी छ। नेपालका अन्य सबै एयरपोर्टमा अलकत्र लगाउँदा फ्लेक्जिबल पेमेन्ट प्रयोग गरिन्थ्यो,उनले भने,‘तर हामीले त्यसको सट्टा ३४ सेन्टिमिटर कंक्रिट सिमेन्ट गर्यौं ।’ पोखराको भौगोलिक अवस्था र पानीको कारणले कंक्रिट सिमेन्ट प्रयोग गरेको बताउनुभयो । कम्तीमा ५० वर्षसम्म रनवेको मेन्टनेन्स गर्नुनपर्ने भएकाले सो गरिएको बताउनुभयो।

महानिर्देशक अधिकारीले पुल्चोक ईञ्जिनियरिङ कलेजलेसमेत पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको डिपीआर अनुसारको लागत ठीक हो भनेर प्रमाणित गरिदिएको छ त भन्दै हामीले कसलाई हो विस्वास गर्ने?उहाले भन्नुभयो‘कलेजले हामीलाई पूर्वाधार र गुणस्तर अनुसारको लागत ठीक छ भनेर प्रमाणित गरिदिएको छ ।’

महानिर्देशक अधिकारीले उप–समितिले प्रतिवेदनमा जनाइएको रनवे धसिएको र माटो काटेर बेचेको विषयको खण्डन गर्दै। रन–वे काटेर होंचो बनाइएको होईन, बरु अग्लो बनाइएको छ  रन वे धस्सिएको भए कहाँ छ धस्सिएको देखाउन चुनौती दिनुभयो। नाङ्गो आँखाले देख्ने स्थानियहरुले पनि पत्याउँदैन । कहिंकतै काटेकै छैन, जमिन काट्यो भनेर लेखेको छ । झन् माथि उठाइएको छ । यसको जवाफ कसरी दिउँ म ।’ मूल रोडबाट विमानस्थलहुँदै बोर्डिङ ब्रिजदेखि जहाजसम्म पुग्नेगरी मिलाउनु बाध्यता भएको र यो उप–समितिले बुझ्दै नबुझी लेखेको हुनाले पनि यो रिपोर्ट हावादारी हो भन्ने प्रष्ट छ भन्नुभयो ।

विमानस्थल भित्र हवाई ईन्धन डिपो संसारमा कहिं पनि निर्माण कम्पनीले नबनाउने बताउँदै बरु उल्टै आयल निगमलाई बनाउन दिएको विषयलाईसमेत भ्रष्टाचार भनिनू अज्ञानताबाहेक केहि नभएको बताउनुभएको थियो। । उहाले रिठ्ठेपानी डाँडा कटान गर्ने विषयमा पनि भ्रष्टाचार देख्नु उदेकलाग्दो भएको उल्टै सरकारले नै डाँडा काट्न वर्षेनी बजेट विनियोजन गरेको, डाँडा कटानका लागि ईआईए गर्न लगाएको र खर्च गर्ने अनुमती दिएको विषयलाई भ्रष्टाचार भनेर लेख्नु हास्यास्पद भएको उहाँको टिप्पणी छ ।

महानिर्देशक अधिकारीले करको विषय भने महालेखाले नै बेरुजु भनिसकेको बताउदै त्यसलाई मिलाउ भनेकाले अहिले नियमित कसरी गर्ने भन्नेमा आफुहरु रहेको बताउँदै बेरुजुलाई भ्रष्टाचार भनेर लेखेको छ, बेरुजु कहिं भ्रष्टाचार हुन्छ ? त्यहि पनि महालेखा भनिसके पछि अरुले भन्न जरुरी छ ? ।’ कर दोहोरो देखिएकाले बेरुजु भनेकाले त्यसलाई मिलाउने प्रक्रियामा जाने बताउनुभयो।

महानिर्देशक अधिकारीले विमानस्थलमा भ्रष्टाचार भएको भए तीन जना ईञ्जिनियर राखेर छानविन गर्न लगाउन चुनौति दिदै २२ अर्बको काम भएको छ कि छैन छानविन गरौं  बजेट अनुसारको पूर्वाधार र गुणस्तर कायम छ कि छैन त्यो छानविन गरौं ।’त्यसबाट आउने सबै कुरा आफुले जिम्मेवारी लिने बताउनुभयो।

महानिर्देशक अधिकारीले उप–समितिले जबरजस्ती विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भनेर हल्ला फैलाएकोमा दुःख मनाउ गर्दै पत्रकारहरूका सामु गुनासो पोख्नु भएको थियो। भ्रष्टाचारमा संलग्न हुँदै नभएको मान्छेलाई जबरजस्ती नाम हालिन्छ, हाल्न लगाईन्छ र प्रचारबाजी गरिन्छ,उनले अगाडि भने,‘के लोकतन्त्र, मौलिक हक, वाक स्वतन्त्रता निषेध हो नेपालमा ? कि कसैको लेपमा, कसैको आवरणमा, कुनै उपसमितिको नाममा गलत काम हुन्छ । बिना प्रमाण लेखिन्छ र लेखाईन्छ भने हामी काम गर्ने मान्छेको सुरक्षा कसले गर्छ ? ।’ उनले यसरी नै विकासको काम गर्नेलाई बदनाम गर्ने हो भने भविष्यमा विकास कसरी हुन्छ भनेर प्रश्न गरे । र भने,‘यस्तै हो भने सन्ततीले कसरी सुरक्षित महशुष गर्लान् ? ।’उहाँको चुनौतीपूर्ण प्रश्न थियो।

ईपिएस मोडलमा अहिले बनेको यो विमानस्थल ६० अर्बमा पनि नबन्ने दाबी गर्दै उनले सस्तोमा बनाउँदा पनि आलोचना गरेकोप्रति दुःखेसो गरे । पोखरामा विमानस्थल बन्दा गर्व गर्नुपर्ने कुरा हो,उनले भने,‘यसको भव्यता, सुविधा सम्पन्न टर्मिनल विल्डिङ छ, रनवे ५० वर्ष केहि पनि हुँदैन । बोर्डिङ ब्रिज छ । यसमा त खुशी मनाउनुपर्ने हो ।’भन्दै प्रति प्रश्न गर्नुभएको थियो।

महानिर्देशक अधिकारीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउँदा जनताको ट्याक्स खर्च गरेको भनेर भ्रम फैलाएको भन्दै विमानस्थलमा जनताको ट्याक्स एक पैसा पनि खर्च गरेको छैन, उनले भने,‘एयरपोर्ट चल्ने भनेको प्यासेन्जर सर्भिस चार्जबाट हो । यो संसारभरीकै नियम हो । तर यसलाई जनताको ट्याक्स भन्न मिल्दैन । नचढेको मान्छेलाई लिएको हो र ? चढेकोले त सेवा लिए वापत तिरेको रकम न हो । कसले ट्याक्स तिर्छ ? ।’

पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको लोन तिर्न समस्या नभएको दाबी गरे । हालसम्म दुई किस्ता तिरिसकेको बताउँदै उनले भने,‘बाँकी १३ किस्ता तिर्न बाँकी छ । त्यो पनि हामी तिर्छौं, तिर्नलाई समस्या छैन । पोखराबाट पहिले ४ लाख प्यासेञ्जर उड्ने गरेकोमा अहिले बढेर वार्षिक ११ लाख पुगेकाले यो सफलतातर्फ उन्मुख भएको होइन बन्दै प्रश्नमाथि प्रश्न खप्टिनुभयो

महानिर्देशक अधिकारीले पहिले विमानस्थल निर्माणमा राम्रो काम गरेको भन्दै चाईनिज कम्पनी सिएएमसिलाई सम्मान गर्ने मान्छे नै अहिले भ्रष्टाचार भयो भन्दै कराईरहेको भन्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेप्रति तिखो व्यङ्ग प्रहार गर्नुभएको थियो । आलेको नाम नलिई उनले भने,‘जो मान्छे अहिले कराईरहेको छ नि ! त्यो मान्छेले नै आएर राम्रो काम गरेको भन्दै प्रमाण पत्र दिएको होईन ? उसैको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय होईनन् ।’भन्दै पत्रकारहरूलाई प्रमाणको लागि एयरपोर्ट स्थलगत भ्रमण गराउनुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज