तोडफोड तथा आगजानी गर्नेलाई कानुनी दायरामा ल्याउँछौं प्र.जि.अ. शर्मा

भदौ २७, पोखरा
जेन–जी समुह ले गत भाद्र २३ र २४ गते गरेको आन्दोलनका कारण कास्की जिल्लाका अधिकांश सरकारी कार्यालयहरू तोडफोड तथा आगजानी भएको र दोषीलाई कारबाहीको दायरामा ल्याउने भएको छ।
आन्दोलनका क्रममा तोडफोड आगजनी भएका जिल्लाका सरकारी कार्यालयहरू खरानी बनेका छन् ,खण्डहर बनेका छन अझै लयमा फर्कन सकेको छैनन भन्दै अब केही दिनमा नै सबै कार्यालयले जे जसरी हुन्छ सेवामा फर्किनु पर्ने जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख रुद्रा देवी शर्माले बताउनुभयो।
विषमताका बावजुद पनि जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख रुद्रादेवी शर्माले अत्यावश्यक सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिदै कम जोखिम भएका कोठाबाट सेवा छिट्टै नै सुरु गरिने बताउनुभयो।
जनताका अत्यावश्यक सेवा सुचारु गर्न निर्देशन गरिसकिएको छ।२३ र २४ गतेका दिन जेन्जीहरूबाट भएका सरकारी कार्यालय हरू माथिको आक्रमण लाई सुक्ष्म तरिकाले अनुगमन गरेका छौं भन्दै सरकारी कार्यालयहरू तोडफोड तथा आगजानी को कस्ले गरेको हो भन्ने प्रमाण हामीसँग सिसिटिभी फुटेज भएको हुनाले दोषीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ।’
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ‘चोरी भएका सामान फिर्ता गर्न आह्वान गर्छौं । त्यस्तो नभए, हामीसँग प्रमाणका आधार मा प्रशस्त सिसिटिभी फुटेजहरु पनि छन त्यसैका आधारमा दोषी लाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो
कास्की कारागारबाट भागेका कैदीबन्दीहरु सकेसम्म आफै सम्पर्क मा आउनु हुनेछ नआएमा जुनसुकै प्रक्रिया अपनाएर भए पनि पक्राउ गरिने जानकारी दिनुभएको प्रमुख जिल्ला अधिकारी शर्माले अहिले कारागार मर्मत र बिजुली जडान भइरहेको बताउनुभयो।