पत्रकार शिशिर पौडेललाई मातृशोक

पत्रकार शिशिर पौडेललाई मातृशोक

परिबर्तन न्युज
१ आश्विन २०८२ बजे
परिबर्तन न्युज
१ आश्विन २०८२

असोज १,पोखरा

पत्रकार शिशिर पौडेललाई मातृशोक परेको छ। उहाँको आमा सरस्वती पौडेल को ७३ वर्षको उमेरमा सोमबार निधन भएको हो।

Advertisement:Ad

वि.सं. २००९ साल असार ८ गते जन्मनु भएकी पौडेल लामो समयदेखि फोक्सो सम्बन्धी रोगले पीडित हुनुहुन्थ्यो। उपचारको क्रममै उहाँको यहि २०८२ साल भदौ २७ गते स्वर्गवास हुनुभएको थियो।

सरल, धार्मिक आस्थामा विश्वास गर्ने, मिलनसार स्वभावकी जीवन भर परिवारप्रतिको समर्पण, मेहनत र धैर्यताले उहाँलाई सबैको प्रिय आमा बनाएको थियो।

एक छोरी र दुइ छोरा श्रीराम पौडेल पोखरा महानगरपालिका वडा न. १६ को पूर्व सचिव र अहिले कार्यरत हुनुहुन्छ भने कान्छा छोरा शिशिर पौडेल विभिन्न पत्रपत्रिकाहरूमा समाचार लेखन तथा रेडियो हरूमा समाचार वाचन गर्दै आउनुभएको छ

उहाँको असामयिक निधनले पौडेल परिवार शोकाकुल बनेको छ। पत्रकार महासंघ, सञ्चारकर्मी साथीहरू, आफन्त तथा शुभेच्छुक हरूले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज