७-ए साइड फुटबल प्रतियोगिता सकियो प्रथम पुरस्कार मर्दी एफ सि लाहाचोकलाइ

७-ए साइड फुटबल प्रतियोगिता सकियो प्रथम पुरस्कार मर्दी एफ सि लाहाचोकलाइ

परिबर्तन न्युज
१० कार्तिक २०८२ बजे
परिबर्तन न्युज
१० कार्तिक २०८२

कार्तिक १०, पोखरा

श्री नव सृजनशील युवा क्लब द्वारा आयोजित खुला क्लब स्तरीय प्रथम पुरुन्चौर ७-ए साइड फुटबल प्रतियोगिता सकियो बिजय मर्दी एफ सि क्लब लाहाचोक ।

Advertisement:Ad

कार्तिक ७ गते बाट सुरु भएको प्रथम पुरुन्चौर ७-ए साइड फुटबल प्रतियोगिताको समुद्घाटन कार्यक्रम क्लबका अध्यक्ष राजकुमार गहतराजको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गर्नु भएको थियो।

२०८२ कार्तिक १० गते समापन कार्यक्रमको प्रमुख अतिथि -इमान सिङ गहतराज हुनुहुन्थ्यो भने अतिथिहरूमा जनप्रतिनिधि दुर्गा देवी बस्नेत,नवराज के सि, स्थानीय बुद्धिजीवी लब्ध प्रतिष्ठित व्यक्तित्व राजनीतिक व्यक्तित्व लगायत विभिन्न संघसंस्था आमा समूहहरूमा संलग्न व्यक्तित्वहरू उपस्थितिमा भएको सो फुटबल प्रतियोगिता लाइ सल्लाहकार भोला गिरिले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

पाँच हजार प्रवेश शुल्क लिएको सो प्रतियोगितामा २४ टिमले प्रतिस्पर्धा गरेका थिए। कडा प्रतिस्पर्धाका बिचबाट फाइनलमा मर्दी एफ सि लाहाचोक र ए एण्ड एस ब्रोदर क्लब रामबजार बिच भएको मा मर्दी एफ सि लाहाचोकले एकका विरुद्ध तीन गोल प्रहार गर्दै विजय हासिल गरेको थियो भने ए एण्ड एस ब्रोदर क्लब ले द्वितीय पुरस्कार प्राप्त गरेको छ।

प्रथम पुरस्कार मर्दी एफ सि लाहाचोकले नगद ५११११/-  सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने द्वितीय पुरस्कार ए एण्ड एस ब्रोदर क्लब ले नगद ३११११/- सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ।

मर्दी एफ सि लाहाचोक क्लबका आयुष्मान गुरुङले  उत्कृष्ट गोल किपरले ट्रफि पाउन सफल भएका छन् त्यस्तैगरी उत्कृष्ट डिफेन्डरको ट्रफी, सर्बोत्कृष्ट खेलाडी ट्रफी,  अनुशासित खेल टिमको ट्रफी, सर्वाधिक गोल कर्ता ट्रफी, म्यान अफ दि म्याच- ट्रफी पाएका छन।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज