Top Header Ad 1

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृ*त फेला : बलात्कारपछि ह*त्या गरिएको आशङ्का 

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृ*त फेला : बलात्कारपछि ह*त्या गरिएको आशङ्का 

परिबर्तन न्युज
२० कार्तिक २०८२ बजे
परिबर्तन न्युज
२० कार्तिक २०८२

कार्तिक २०, मोरङ

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको छ ।

Advertisement:Ad

लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतम शुक्रवार जङ्गलभित्र मृत भेटिएकी हुन् ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बी*भत्स अवस्थामा शव भेटिएको हो ।

बन क्षेत्र लेटाङ र बेलबारीको सिमानामा पर्छ । बीभत्स अवस्थामा शव भेटिएको दृश्य अत्यन्तै भयावह रहेको स्थानीय बताउँछन् । घटनापछि स्थानीय त्रसित एवं स्तब्ध बनेका छन् ।एसपी कटवालले अंशुको शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

कुहिएको शवका कारण वरपर दुर्गन्ध फैलिएकोले घाँस काट्न गएका स्थानीयले शव देखेपछि दिउँसो करिब १ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय लेटाङको टोली घटनास्थल पुगेको थियो ।

घटनाको अनुसन्धानका लागि एसपी कटवाल आफैँ घटनास्थलमा पुगि सक्नुभएको थियो।अंशु असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् । अभिभावक कसैलाई पनि केही नभनीकन बेपत्ता भएकीको उनको शव १८ दिनपछि जङ्गलमा बीभत्स अवस्थामा भेटिएको हो ।

अंशु बेपत्ता भएपछि अभिभावकले खोजीमा सहयोग गरिदिन प्रहरीलगायतका सरोकारवालालाई आग्रह गरेका थिए । लामो समयदेखि खोजी जारी राखिएको भए पनि केही पत्ता लागेको थिएन । अन्ततः सडेर दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएकाहरूले सो शव फेला पारेका हुन् ।

उनका अभिभावक अत्यन्तै सामान्य आर्थिक अवस्थाका छन् । वडाध्यक्ष तिम्सिनाले भने, ‘बालिकाको मृत्युले सिङ्गो गाउँ स्तब्ध एवं त्रसित बनेको छ। यस्तो निर्दयी घटना हामीले सोच्न पनि सक्दैनौँ । दोषी जोसुकै होस्, कानुनको कठघरामा उभ्याउनुपर्छ ।’बन्ने जनताको माग छ।

घटनापछि परिवार, आफन्त एवं गाउँमा शोक र आक्रोश दुवै बढेको देखिन्थ्यो। बीभत्स अवस्थामा शव फेला परेकाले बालिकाको हत्या नै भएको बताउँदै स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

वडाध्यक्ष तिम्सिना पनि घटनाको प्रकृति हेर्दा बालिकाको हत्या नै भएको हुनसक्ने अनुमान गर्दै प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने जानकारी दिनुभयो। प्रहरीले बालिकाको शवलाई पोस्टमार्टम का लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि र थप अनुसन्धान अघि बढाएपछि मृत्युको कारण स्पष्ट हुने एसपी कटवालको भनाइ छ । ‘कसैले धारिलो हतियार प्रहार गरेर हत्या गरेको हो वा जङ्गली जनावरको आक्रमणबाट घटना भयो भनेर यकिन छैन । विस्तृत अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान सकिएपछि सबै कुरा स्पष्ट हुन्छ,’  भन्नुभयो।

घटनास्थल र घटनाको प्रकृति हेर्दा बलात्कारपछि धारिलो हतियार प्रहार गरेर बालिकाको हत्या गरेजस्तो देखिने प्रहरी स्रोतको भनाइ छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर घटनासँग सम्बन्धित प्रमाण सङ्कलन गरेको छ ।

एसपी कटुवालले घटनाको अनुसन्धानलाई तीव्र बनाइएको बताउदै पोस्टमार्टम रिपोर्ट र फरेन्सिक अध्ययनपछि घटनाको थप निष्कर्षमा पुगिने उहाको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज