कार्तिक २२,जनकपुर
मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा आफैले कालो मोसो दल्नुभएको छ।
मधेश प्रदेश सभाको बैठकमा आज मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत मागिन सकेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए।सोहि क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दल्नुभएको थियो ।
प्रदेश सभाको बैठकमा बोल्दै उहाले मधेश प्रदेश सभामा रहेका सबै सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन्। उहाले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर गम्भीर प्रश्नको उठान गर्नुभएको थियो।
सरकारमा भएका बेतिथीहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराएको भएपनि कहिँ कतै केही सुनवाई नभएको आरोप लगाउँदै आफ्नो पार्टीले अब आफूलाई जेगरेपनि आफूले जो कसैलाई पनि विश्वासको मत दिने बताउनुभयो।
सांसद रहबर अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरुको निकाश दिने नैतिक आधार नरहेको बताउनुभएको थियो । सस्मरण रहोस् अन्सारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुनुहुन्छ ।









प्रतिक्रिया