कार्तिक २२ , काठमाडौँ
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै रोकिएको छ ।
विमानस्थलको ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा गडबडीपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान र अवतरण रोकिएको हो ।
लाइटिङ सिस्टमको कारणले गर्दा उडान भरेर आएका जहाजहरू अवतरण गर्न नसकिने भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ भने आकाशमै घुमिरहेका छन् ।
स्रोतका अनुसार विमानस्थलमा साँझ साढे ५ बजेदेखि उडान अवतरण रोकिएको र प्राविधिकहरूले समस्या समाधानको प्रयास गरिरहेको बताइएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८२









प्रतिक्रिया