मंसिर २, पोखरा
पोखरा जेसीजको ४६ औं शाखा अधिवेशन तथा ५१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
अधिवेशनले २०२६ सम्मका लागी नयाँ नेतृत्व चयन गरेको हो। जसअन्तर्गत अध्यक्षमा जेसी सुमन पहारी ५० मतका साथ निर्वाचित हुनुभएको छ।
अध्यक्ष सुमन पहारीले अध्यक्ष पदका अर्का उम्मेदवार अन्नत प्रधानाङ्ग लाई २६ मतान्तरले पराजित गर्न सफल हुनुभए हो। ७८ मतदाता रहेको उक्त निर्वाचनमा जम्मा ७४ मत मात्र खसेको थियो । मतपेटिकामा खसेको कुल मतमध्ये प्रधानाङ्गलाई जम्मा २४ मत मात्र प्राप्त भएको थियो भने अध्यक्ष पदका अर्काे प्रत्यासी श्रीकृष्ण सुनार मतदानमा सहभागी नहुँदै बाहिरिएपछि मुख्य प्रतिस्पर्धा पहारी र प्रधानाङ्गबीचमै सीमित भएको थियो।
नयाँ कार्यकारिणी उपाध्यक्षमा जेसी रबिन्द्र गोदार र उपाध्यक्षहरुमा जेसी सरोज पौडेल, सुजल गोदार, सन्दीप श्रीस तथा मुकेश अर्याल चयन हुनुभएको छ । महासचिवमा जेसिज सन्जय पौडेल, कोषाध्यक्ष जेसिज राजकुमार बोहोरा, सचिव जेसिज मिना कुमारी थापा र कानुनी सल्लाहकार जेसिज श्रीकृष्ण सुनार निर्वाचित हुनु भएको छ।
त्यस्तै निर्देशक पदमा जेसि बिनय सुवेदी, डम्बर खडायत, सन्तोष सुनार, बिबेक सापकोटा लगायत विजयी हुनुेभएकाे छ। अधिवेशन सफलतापूर्वक सम्पन्न भएको पोखरा जेसीजका पूर्व अध्यक्ष निर्वाचन आयुक्त गणेश गिरीले जानकारी दिनुभयो ।









प्रतिक्रिया