मंसिर १८ पोखरा
नेपाल ह्यान्डबल संघको राष्ट्रिय महाधिवेशन -२०८२ बाट पिताम्बर तिमिल्सिनाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुनुभएको छ।
उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा केशव पाठक सर्वसम्मत निर्वाचित हुनुभयो ।
यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् निर्वाचित हुनुभयो। भने रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन समिति संयोजक कमल अर्यालले जानकारी दिनुभयो ।
प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले महाधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताउनु भएको थियो । प्रदेश सरकारले खेलकुदलाई पनि निकै महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै यसप्रकारका महाधिवेशनबाट आन्तरिक पर्यटनमा पनि टेवा मिल्ने बताउनुभयो । मन्त्री थापाले गत भदौको जेनजी आन्दोलनका क्रममा घूसपैठका कारण सरकारी तथा व्यवसायीहरुका निजी प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट भएकोले दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
संघमा देशभरिबाट बागमती बाहेक ६ प्रदेशका ४८ जिल्लाका प्रतिनिधिले भाग लिएको नवनिर्वाचित महासचिव पाठकले जानकारी दिनुभयो ।नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा पोखराको होटल रोयल प्यालेस मा कार्यक्रममा सर्वसम्मत निर्वाचित हुनुभएका पदाधिकारीहरूलाई धन्यवाद सहित सफल कार्यकालको शुभकामना दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।









प्रतिक्रिया