पौष ९, पोखरा
छैटौं टाइगरकप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियन सिप महिला तथा पुरुष भलिबल प्रतियोगिता -२०८२ यहि माघ ९ देखि १७ गते सम्म हुने भएको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनाम पोखरामा संचालन हुन लागेको प्रतियोगितामा विदेशी ३ टिम सहित १४ टिमको सहभागि मध्य महिला तर्फ थाइलायण्डका २ टिम सहित ७ टिम र पुरुष तर्फ भने माल्दिप्स र भारतका गरी ७ टिमको सहभागिता हुने भएको मंगलबार पोखराको रंगसालामा आयोजित पत्रकार सम्मेलन मा जानकारी गराइएको हो ।
पोेखरा रंगशालामा हुने उक्त प्रतियोगितामा महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र थाइल्याण्ड क्विन्स सहभागी हुने भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो ।
त्यस्तै पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब भारत सहभागी हुने भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो।
यस वर्ष पुरस्कारको राशि बृद्धि गरिएको जानकारी दिनुहुँदै संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले महिला तथा पुरुष दुवै समूहका विजेता टिमले ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टिमले रु १ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६ सय ६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई रु ११ हजार ६ सय ६६ बराबरको उपहारको व्यवस्था गरिएको जानकारी दिनुभयो।
त्यस्तैगरी प्रतियोगितामा यस वर्ष पहिलो पटक भारत र माल्दिभ्सका अन्तर्राष्ट्रिय भलिबल रेफ्रीहरूले आफ्नो कुशलता देखाउनुहुनेछ भने यस वर्ष करिब एक करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउँदै प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने जानकारी दिनुभयो।









प्रतिक्रिया