पौष २१, काठमाडौँ
गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोकबाट नक्कली नोट छाप्ने मेसिन सहित २ जना पक्राउ
नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोक स्थितबाट एक १ हजारको नक्कली नोट थान त्रियानब्बे ९३ सहित ६ जना मानिसहरूलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं जिल्ला अदालत बाट दिन ७ को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेकोमा उक्त कार्यमा संलग्नता देखिन आएका जिल्ला बारा, कलैया उपमहानगरपालिका २ कबलपुर बस्ने वर्ष २८ को गौरी शंकर यादवलाई नियन्त्रणमा लिई उक्त बरामद गरिएको नक्कली नोटहरूको बारेमा सोधपुछ गरिएको थियो।
बारा जिल्ला फेटा गाउँपालिका ३ घर भइ भारतको मोतिहारी लाला टोलको पतौना स्थितमा डेरा गरी बस्ने वर्ष २८ को रबि कुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको स्वीकार गरेका छन्।
२०८२।०९।२० गते नक्कली नोट नेपालमै छाप्नका लागि नेपाल ल्याउने मा ऐ. मितिमा BR05AF2511 नम्बरको भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाइकलको पछाडी सिटमा राखि नक्कली नोटहरू छाप्ने मेसिन, बनाउने कम्प्युटर लगायत प्रिन्टिङ मेसिन भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्ध समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।
१. BR05AF2511 नम्बरको भारती प्लेट नम्बर भएको बुलेट मोटरसाइकल , २. ५ वटा गड्डीमा भारतीय रुपैयाँ ५००।- दरको ३१७ वटा नोटहरू, ३. L.G. कम्पनीको Monitor – १थान, ४. Zeb ion लेखिएको कीबोर्ड, हेड फोन, माउस – १/१थान, ५. केवल तार -१०थान, ६. VIVO कम्पनीको मोबाइल – १थान , ७. H.P. कम्पनीको कलर प्रिन्टर – १ थान, ८. Fingers लेखिएको CPU – १थान, ९. M-Audio लेखिएको बक्स- १ थान, १०. HP 119A Cyam laser toner – ८ थान , ११. U.S. 9mm m9-P.BERETTA लेखिएको नक्कली पेस्तोल – १ थान, १२. लाली गुराँसको वाटरमार्क छापिएको १००० लेखिएको कागज थान – १८० र सादा कागज ७५ गरी जम्मा २५५ थान बरामद गरेको जनाएको छ।







प्रतिक्रिया