माघ ११, पोखरा
जिल्ला समन्वय समिति महासंघको ३१ औं स्थापना दिवसको अबसरमा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिले आफ्नो स्थापना दिवस मनाएको छ ।महासंघले ” संघीयतामा जिल्ला समन्वय समितिको भुमिका” बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्यहरू प्रदेशका जिल्ला प्रमुखहरूले संयुक्त उद्घाटन गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका महान्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले संघीयतामा जिल्ला समन्वय समितिको भुमिका” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

महान्यायाधिवक्ता पौडेलले कानुनत चाहे प्रदेस सरकारले होस् वा संघीय सरकारले होस् भन्न नहुनी व्यथा सारो भनेझै जि स स हरुलाई हलो अडकाउने गोरु चुटने गरिएको तीतोसत्य पोख्नु भएको थियो। बिकास निर्माणको सहजीकरणमा महत्त्वपूर्ण भुमिका खेलिरहेका जिल्ला समन्वय समितिहरूलाइ थप प्रभावकारी र कार्य सम्पादनमा सहज बनाउन संघ सरकार र प्रदेश सरकार गम्भीर बन्नु पर्ने र आबश्यक कानुनी ब्यबस्थापन सहित मजबुत नीति निर्माण गर्नु पर्नेमा उच्घ मर्यादा भूमिका कम ,ठुलो मुख थोरै खाना भएको छ भन्ने बुझ्दा बुझ्दै पनि नबुझे जस्तो गर्नु परेको बताउनु भयो ।
कार्यक्रममा महान्यायाधिवक्ता पौडेलले नेपालमा जिल्ला समन्वय समितिको भारत ,पाकिस्तान लगाएत अन्य देसहरुमा राम्रो भूमिका दिइएको बताउनु भएको थियो भने नेपालमा जि स सलाइ राज्य ले धारा २१९ र २२० मा यसका काम कर्तब्य र अधिकार प्रस्ट संग लेखिएको भपनि कानुनत काम गर तर त्यसबाट आउने क्रिया प्रतीक्रिया केहि नदे भनेपछि कसरि जिससका कार्यक्रमहरु प्रभाबकारी हुन्छन भन्नुभयो।

जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संघीयताको मर्म अनुसार जि स स हरूलाइ मजभूतिकरणका लागि संघ र प्रदेश सरकारलाई पटक पटक आग्रह गरिए पनि फलदायी हुन नसकेको र सरकार त्यसतर्फ गम्भीर नभएको बताउनु भयो।
नेपालको संविधानमा ठूलाठूला अक्षरहरूमा जि स स हरूको महत्त्वपूर्ण भूमिका भनेर धारा २१९ र २२० मा लेखिएका बिषयहरु राम्रोसँग सबै सदस्यहरुले अध्ययन गर्नु पर्ने बताउनुभयो।अध्यक्ष पौडेलले सिमित स्रोत साधन र बिद्यमान कानुनी ब्यबस्था अनुसार नै जि स स हरू आफ्नो आबश्यकता र औचित्य पुष्टि हुने गरि कार्य सम्पादनमा खरो उत्रिनु पर्छ काम गर्नको लागि हाम्रा हात खुट्टा बॉधिएका छैनन् तसर्थ कामपनि गर्दै जानुपर्छ हस्तक्षेप पनि गर्दै जानुपर्छ भन्नुभयो। समयानुकूल कानुनी संरचना निर्माण गर्दै तोकिएका कार्यक्रम समयमानै सम्पन्न गर्दै अगाडी बढ्नु पर्ने बिषयमा जिल्ला समन्वय समतिका प्रमुख ,उप प्रमुख र सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्नु भयो।

सरोकारवाला सरकारी तथा गैर सरकारी संस्था ,नागरिक अगुवा एबम संचारकर्मीहरूको उपस्थितिमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जि स स कास्की समन्वय अधिकारी नवराज बरालले प्रदेशकै तर्फबाट स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सरस्वती बगालेले गर्नुभएको थियो ।
प्रकाशित मिति: ११ माघ २०८२





प्रतिक्रिया