माघ १२, झापा
चुनावी बहसको मञ्च तयार छ, केपी ओली त्यहाँ छन तर प्रतिद्वन्द्वी का चुनौती र आलोचनालाई सामना गर्न बालेन शाह त्यहाँ छैनन?
अनावश्यक बहसका कुरा छोडौँ लोकतन्त्रको कुरा गर्दा पार्टीहरूले भावी प्रधानमन्त्री को नाममा गरिएको साहसिक चुनावमा लडेका दुई प्रतिद्वन्दी बीच बहस हुने कुरालाई अनावश्यक बखेडा झिकेर बहाना बनाएर भाग नलिनु भनेको खाल्डोमा लुकेर बस्ने मानिस उज्यालो बाट उज्यालोबाट भाग्न खोजेकै हुन् त भन्ने विश्लेषकहरूको र स्वयं झापाका जनताहरु बताइरहेका छन्।
ओली बहसमा सजिलै उपस्थिति हुने संकेत दिन्छन र उनी भन्छन् “म जनता सामु छु, मेरो योजना र तर्क खुला छन्। चुनौती आए पनि सामना गर्छु।” यो लोकतन्त्रको मञ्चमा नजिकबाट देखिने साहस हो
तर बालेनले बहस टारेका छन्। आलोचकहरूले व्यङ्ग्य गर्दै भन्छन्, “उनी टल्छन्, भूमिगतजस्तै, जनता र प्रतिद्वन्द्वीबीचको तर्कको आगो बाट लुकेको।” उनका निर्णयले केवल ‘प्रतिद्वन्द्वीलाई चुनौती दिन नपाउनु’ मात्र होइन, जनताको सामु जवाफदेहीपनको दूरी पनि देखाएको छ।
राजनीतिक टिप्पणीकारहरू भन्छन्, “एक उम्मेदवारले बहसमा आउँदा जनता देख्छन् कि शक्ति, योजना र धारणा कति स्पष्ट छन भन्ने कुराले पनि महत्त्वपूर्ण स्थान राख्छ यसको अलावा अर्को उम्मेदवारले बहसमा भाग नलिँदा, जनता केवल भ्रम र कल्पनामा रहन्छन।”
यो चुनावी बहस केवल बहस मात्र नभई पार्टीको वैचारिक दृष्टिकोण राख्ने राम्रो प्लेटफर्म पनि भएको हुनाले बालेनले जति कुराहरु फेसबुकबाट भन्न सकेका छन ती सबै कुराहरू को उठान आँखामा आँखा हेरेर जवाफ दिन सक्नुपर्छ लोकतन्त्र जवाफ देहीपनको परीक्षण हो। ओली बहसको मैदानमा छन्, बालेन भने छायाँमा जनताको मनभित्रको आँखामा कमजोरी प्रष्ट देखिएको छ।
लोकतन्त्रको अभ्यासमा पक्कै पनि अझै पनि समय टलेको छैन। झापाका जनता हरु केपी शर्मा ओली र बालेन शाह बीच एउटै मञ्चमा बसेर बहस गरेको सुन्न आतुर छन्।






प्रतिक्रिया