नमुना बहुउद्देशीय सामुदायिक अध्ययन केन्द्रको अधिवेशन सम्पन्न, अध्यक्षमा भगवती भट्टराई सर्वसम्मत

नमुना बहुउद्देशीय सामुदायिक अध्ययन केन्द्रको अधिवेशन सम्पन्न, अध्यक्षमा भगवती भट्टराई सर्वसम्मत

परिबर्तन न्युज
१७ माघ २०८२ बजे
परिबर्तन न्युज
१७ माघ २०८२

माघ १७ , पोखरा

पोखरा महानगरपालिका वार्ड नं १६ बाटुलेचौर कास्कीमा रहेको नमुना बहुउद्देशीय सामुदायिक अध्ययन केन्द्र को १४औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत रूपमा भगवती भट्टराई अध्यक्ष र उहाँको टिम चयन भएको छ।

Advertisement:Ad

नमुना बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष कमला शर्माको अध्यक्षतामा भएको थियो भने र कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वार्ड न. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको कार्यक्रममा विशेष अतिथिको रूपमा जनप्रतिनिधि राजकुमारी बानियाँले आदित्यथा गर्नुभएको थियो।

कार्यक्रमको ब्यानरमा प्रमुख अतिथि तिमिल्सिना र कार्यक्रमका अध्यक्ष कमला शर्माले संयुक्त रुपमा हस्ताक्षर गर्दै उद्घाटन गर्नु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्मा तिम्सिनाले नमुना बहुउद्देशीय सामुदायिक अध्ययन केन्द्र २०६८ सालमा स्थापना भए देखी बाट नै समाजमा नपढेका अशिक्षित ,गरिब, निमुखा र कमजोर अवस्थामा रहेका निम्नवर्गका व्यक्तित्वहरूको जीवनस्तर उकास्नको लागि अनौपचारिक शिक्षा महाशाखा अन्तर्गत रहेर काम गर्ने गरी स्थापना भएको संस्था भएको बताउनुभयो।

यस संस्थाले विगत स्थापनाकाल देखि नै अनौपचारिक शिक्षा अन्तर्गत रहेर विभिन्न किसिमका कृषि तालिम, बिउ बिजन वितरण तथा उत्पादन र उत्पादनसँग जोडिएका गुडिया ,सिलाई बुनाई जस्ता तालिमहरू उपलब्ध गराउँदै आएको बताउनुभयो। पछिल्लोपटक पोखरा-१६ बाट संस्थामा आबद्ध करिब ११ परिवारलाई संयुक्त रूपमा ५० हजार बराबरको मौरी घार व्यवस्था गरी आय आम्दानीमा जोड्न लागेको र आगामी दिनमा यस्ता कार्यक्रमहरु बढाउँदै लगिने बताउनुभयो।

संस्था को १४औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बाट भगवती भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको सो अधिवेशन बाट अन्य पदाधिकारीहरू उपाध्यक्ष पदमा: ज्योति बस्नेत, सदस्य सचिव पदमा: गिता पौडेल , कोषाध्यक्ष पदमा:  संगिता शर्मा  र सदस्यहरु मा क्रमश: सृजना नेपाली, ऋतु बानिया ,बिष्णुमाया बानिया, कोपीला आचार्य,तारा देबकोटा ,तुलसी पौैडेल, चयन हुनुभएको थियो भने पदेन सदस्यको जिम्मेदारीमा नि वर्तमान बनिसक्नुभएका कमला शर्मा स्वत पदेन सदस्य बन्नुभएको छ।

कार्यक्रममा पोखरा १६ का जनप्रतिनिधि राजकुमारी बानियाले विशेषगरी आमा दिदीबहिनीहरूले नै सशक्त रुपमा यस संस्थामा रहेर काम गरिरहनुभएको हुनाले अझै पनि तपाईंहरूको जोश जागर र क्षमतालाई सम्बोधन हुनेगरी अन्य कार्यक्रमहरू पनि ल्याउने वचनबद्धता व्यक्त गर्नुभएको सो कार्यक्रममा समाजमा रहेका विभिन्न आमा समूहहरू,विभिन्न संघसंस्था, क्लब र तिनका प्रतिनिधि हरू र समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको समउपस्थितिमा भएको कार्यक्रमलाई संस्थाका सदस्य सचिव गीता पौडेलले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज