Top Header Ad 1

नेकपा एमाले पोखरा १६ को चुनावी विस्तारित बैठक सम्पन्न -५५५ सदस्यिय प्रचारप्रसार समिति गठन

नेकपा एमाले पोखरा १६ को चुनावी विस्तारित बैठक सम्पन्न -५५५ सदस्यिय प्रचारप्रसार समिति गठन

परिबर्तन न्युज
१८ माघ २०८२ बजे
परिबर्तन न्युज
१८ माघ २०८२

माघ १८, पोखरा

“निर्णायक राष्ट्रिय शक्ति हाम्रो संकल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” भन्ने नाराका साथ नेपाल कम्युनिष्ट पार्टी एमालेको विस्तारित बैठक सम्पन्न भएको छ।

Advertisement:Ad

पोखरा महानगरपालिका वडा नं. १६ पार्टी कमिटी कास्कीको विस्तारित बैठकको अध्यक्षता यमन काजी गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ले ब्यानर पढेर समुदघाटन गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सोमनाथ अधिकारी प्यासीले जीवनको कालखण्डमा आफूहरुले कहिल्यै पनि गल्ती नगरेको र आगामी दिनमा पनि कहिल्यै गल्ती नगर्ने भन्दै थाहै नपाई कहिले काहीँ अन्जानमा भएका गल्तीहरूको जनता समक्ष क्षमा माग्दै आगामी दिनमा सबै पुस्ता ,सबै उमेर समूह र सबै व्यक्तिहरूको सामूहिकतामा निर्णायक कार्य गर्दै देश विकासको काममा अगाडि बढ्नको लागि नेकपा एमालेलाई यो क्षेत्रबाट मात्रै होइन नेपालबाटै बहुमत दिएर जिताउनुपर्ने आवश्यकता औल्याउनु भयो।

कार्यक्रमको अतिथि चित्र ब थापा,जानुका अधिकारी, जिबन आचार्य, उषा बरुवाल,बलराम आचार्य, जनप्रतिनिधि रामचन्द्र आचार्य, राजकुमारी बानिया , रामकाजी गुरुङ लगायत नेकपा एमाले का पार्टी सदस्यहरुको सम उपस्थिमा सम्पन्न भएको कार्यक्रमलाई सचिव सुर्य मोहन आचार्यले भव्य र सभ्य रूपले सन्चालन गर्नुभएको थियो।

पोखरा १६ वार्ड पार्टीका पोषण बहादुर थापाले विषम परिस्थितिमा सब मिलेर चुनाव लड्नु बाहेक अरु केही नभएको हुनाले अहिले जसरी पनि नेकपा एमालेले जित्नुपर्छ त्यसको लागि सबै एक भएर अगाडि बढ्ने बताउँदै आफ्ना सहयात्री हरुलाई स्वागत गर्नुभएको थियो।

महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले कम्युनिष्ट पार्टीमा लागेर आफूले केही गल्ती नगरेको तर गरेको कहिँ कतै त्यस्तो छ भने आफू हजार पटक माफी माग्न तयार भएको र चुनाव जित्नको लागि आफू महानगर कमिटीको जिम्मेवार व्यक्ति भएपनि पोखरा १६ मा नै बसेर क्षेत्र नं २ का उम्मेदवार रश्मी आचार्यलाई जिताउन को लागि महत्वपूर्ण भूमिका कसरी खेल्नु पर्ने हो खेल्ने बताउनु भएका आचार्यले सबैले आआफ्ना आन्तरिक मतमतान्तरहरू बिर्सेर पार्टीलाई जिताउन लाग्ने हो भने अझै पनि जनतामा केही नैरास्यता नआएको जसको कारणले कास्कीका तीनै क्षेत्र जित्ने ठकुवा गर्नु भयो।

त्यस्तैगरी प्रदेशका कमिटी का सल्लाहकार चित्र ब. थापाले पार्टीका सबै एक ढिक्का भएर अगाडि बढ्यौं भने पार्टीले जित्छ भन्दै नेकपा एमाले लाई हार्ने छुट छैन भन्नुभयो।उषा बरुवालले आफ्नो मन्तव्य राख्दै ५५५ जनाको मुल प्रचारप्रसार समिति गठन गरेको जानकारी दिनुभयो ।

नेकपा एमालेका वार्ड पार्टी अध्यक्ष तथा चुनाव प्रचारप्रसार कमिटी का संयोजक यमन काजी गुरुङले नेकपा एमालेले विभिन्न काल खण्डमा आफ्नो पार्टी अविचलित हुँदै राणाशासन ,पञ्चायत र सबै खाले वैचारिक युद्धहरू जितेर आएको नेकपा एमालेले यसपटक हुन लागेको संसदीय चुनावमा नेकपा एमालेले यस क्षेत्रमा एक युवा शैक्षिक, प्राज्ञिक र राम्रो क्षमतावान  क्यापेबल उम्मेदवार बनाएको छ जसले गर्दा पनि हामी सबै सुक्ष्म तरिकाले प्रचारप्रसार गर्न घरघरमा इमान्दारिताका साथ गयौं भने रश्मी आचार्यको जित सुनिश्चित भएको बताउनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज