Top Header Ad 1
Top Header Ad 2

स्थानियले भने जिताउने नेकपालाई नै हो, तर सहिदको सपना र वेपत्ताको योगदान नबिर्सनू

स्थानियले भने जिताउने नेकपालाई नै हो, तर सहिदको सपना र वेपत्ताको योगदान नबिर्सनू

परिबर्तन न्युज
१८ माघ २०८२ बजे
परिबर्तन न्युज
१८ माघ २०८२

पोखरा, माघ १८

कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर चुनावी घेटघाट कार्यक्रम शुरु गरेको छ ।

प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जा स्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको थियो ।

भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन बद्दता व्यक्त गर्नुभएको थियो । विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपाले जस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने स्थानीयवासीले बताउनुभएको थियो। थप जोड दिँदै स्थानीयवासीले नेकपाले जनयुद्दका आफ्ना एजेण्डाहरु कुनै पनि मानेमा छाड्न नहुने बताउनुभएको थियो।

स्थानिय एक आमाले भक्कानिदै भनिन्,‘नेकपाले जित्दा जस्तो विकास र सुशासन अरुले गरेनन्, त्यसैले यस पटक नेकपालाई जिताउँछौं । तर तपाईंहरुले पनि सहिदको सपना र वेपत्ताको योगदान नबिर्सिनूस् ’ भन्नु भयो।

अर्की आमा चिजा भुजेलले जेनजी आन्दोलनको वातावरण बनाउने कांग्रेस र एमाले र जेनजी आन्दोलनको नाममा आगजनी गर्ने बालेन र रविको हातमा सत्ता गए देशले दुःख पाउने बताउनुभएको थियो।  हामी सबै सचेत भएर नेकपालाई जिताउँछौं ।’भन्नुभयो

सो अवसरमा उम्मेदवार राजकाजी गुरुङले पार्टी र आफू जनयुद्दको एजेण्डामा कायम रहेको र ‘सहिदको सपना र वेपत्ता तथा घाईतेको योगदान कहिल्यै बिर्सिन नसक्ने छैन र बिर्सने पनि छैन उहाँहरूको त्यो सपना पूरा गर्ने भनेको समाजवादले मात्र हो, हामी त्यसकै लागि लडिरहेका छौं ।’ भन्नु भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज