माघ २०, पोखरा
प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं २ बाट ने क पा (एमाले) को उम्मेदवार रश्मि आचार्यले संविधानले प्रदान गरेको जमिन र आवासको हक कार्यान्वयन गर्नका लागि आवाज जाेडताेडले उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सुझाव संकलनका क्रममा युबाहरूले सोधेका प्रश्नको जवाफमा रश्मि आचार्यले आफु सबैको साझा उम्मेदवार भएको बताउदै ।युबाहरूको एजेन्डा कार्यान्वयन गर्न युबा उम्मेदवारलाई सफल बनाउनुपर्ने भन्दै युबालाई नेतृत्व मा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । देशको निति निर्माण तहमा सक्रिय हस्तक्षेपकारी भुमिका खेल्न सक्ने राम्रा युबा उम्मेदवारको खोजिमा थियौ त्यो इच्छा कास्की २ बाट रश्मि आचार्यलाई बिजयी गराएर पूरा गर्छौं उनीहरुले भनेका थिए।
क्षेत्र नम्बर २ का एमाले उम्मेदवार आचार्यले आफू उत्साहका साथ के युबा के बुडा सबै सबैको जीवनस्तर उकास्न र जीवन लाई ससक्तिकरण सहितका महत्त्वपूर्ण एजेन्डामा परिणत गर्नको लागि आफू कटिबद्धता सहित आएको भन्दै सबैको सुझाव मार्फत कार्य योजना निर्माण गर्ने विश्वास दिलाउँनु भयो।
टोल टोलका बाट जनजनकको धारणा सहित युबालाइ समेट्न अगाडि बढेकोमा सो कार्यक्रममा उपस्थित युबाहरूले उम्मेदवार आचार्यलाई धन्यवाद व्यक्त गर्दै बिजय गराउने सुनिश्चितताका लागि जिम्मेवार ढंगले अगाडी बढ्ने प्रण गरेका थिए।
त्यस्तैगरी आजै आफ्नो निर्वाचन क्षेत्रमा पोखरा महानगर पालिका वडा न ७ का धेरै ठाउँका जनतासंग टोल टोल र बस्ति बस्तीमा पुगेर आगामी कामका बारेमा सुझाव लिने क्रममा सो वडाका भूमिहिन जनताका सुझाव र गुनासा संकलन गर्दै रश्मि आचार्यले संविधानले प्रदान गरेको जमिन र आवासको हक कार्यान्वयन गर्नका लागि आवाज जाेडताेडले सदनमा आफूले घनिभूत तरिकाले राख्ने बताउनुभएको थियो।
उम्मेदवार आचार्यले भूमिहिनको समस्या आफ्नो पार्टीले पहिचान सहित समाधान गर्ने योजना बनाएको र विभिन्न कारणले अपूरो रहेकाले अभियान नेकपा एमाले ले नै पूरा गर्ने बताउनुभयो। संविधानले सुनिश्चित गरेको मौलिक हकमा जमिन र आबासको अधिकार कार्यान्वयन गर्ने बताउदै उहाले तपाईँहरूकै आवाज जस्ताको तस्तै संसदमा बुलन्द गर्छु र म जे बोल्छु त्यो गर्छु भन्दै दृढता व्यक्त गर्नुभयो।
बिश्वासको मतमा संकट पैदा गर्दिन र गौरवशाली कार्य गर्न कटिबद्ध छु तपाईँहरूको शिर निहुराउने काम कुनै पनि हालत मा गर्ने छैन भन्नुभयो। देसको दीर्घकालीन विकासको लागि जनसहभागिता सहित योजना निर्माणका लागि प्रभावकारी नीति तथा कानुन निर्माण गर्ने भूमिकासहित क्षेत्रिय र स्थानीय विकासका उदाहरणीय काम गर्ने बताउनुभएको थियो।
स्थानियहरूले भूमिहिनको समस्या समाधानका लागि ब्यबस्थित र ब्याबहारिक कार्ययोजना एमाले सरकारले नै सुरुवात गरेकोले आफुहरू स्पस्ट भएको बताउनुभयो । हरेक कार्यक्रममा त्यहाँका जेष्ठ कम्युनिस्टको अध्यक्षतामा सञ्चालन गरिएको थियो।
जनता र राष्ट्र विकासको स्पस्ट नीति, योजना र खाका एमालेसंग भएको प्रतिक्रिया दिदै स्थानीयले साथमा साथ दिने प्रतिबद्धता जनाउनु भएको थियो।






प्रतिक्रिया