माघ २८, पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले कास्की जिल्ला भित्र भएका बिकास निर्माण सम्बद्ध कार्यालयहरूको चालु आर्थिक बर्ष २०८२/८३ को अर्धबार्षिक समिक्षा सम्पन्न गरको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गर्नुभएको थियो ।प्रमुख पौडेलले बिगतको कार्यसम्पादनको स्थिति र भाबी कार्यसम्पादनलाई प्रभाबाकारी बनाउने उद्देश्यले नियमित कार्यतालिका मुताबिक कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नु भयो ।
उहाले बिकासमा भएका ब्यबधान हटाउन र कार्यसम्पादनको स्थिति सुधार गर्न कार्यक्रम फलदायी भएको उल्लेख गर्नुभयो ।निरन्तर हुने समीक्षाले कमीकमजोरी सुधार्न सहयोग हुने भन्दै पौडेलले बिगतका कमीकमजोरी सुधार्दै सबल कार्य सम्पादनमा ध्यान दिन सरोकार वाला कार्यालयहरूलाई आग्रह गर्नुभयो ।
काम ,क्रियाकलाप र जिम्मेबारी ,कार्यसम्पादनको अबस्था र गुणस्तर लगायतका बिषयमा विभिन्न १५ कार्यालयहरूले आफ्नो कार्यालयहरूको विवरण प्रस्तुत गरेका हुन् ।
स्थानीय पूर्वाधार बिकास आयोजना कार्यालय मुग्लिंग पोखरा सडक आयोजना पश्चिम खण्ड संघिय आयोजना कार्यान्वयन इकाई सडक डिभिजन कार्यालय ,खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय सिंचाई तथा जलस्रोत ब्यबस्थापन आयोजना, डिभिजन बन कार्यालय, जलस्रोत तथा सिंचाई बिकास कार्यालय कास्की पूर्वाधार बिकास कार्यालय गण्डकी ,नेपाल बिद्युत प्राधिकरण पोखरा वितरण केन्द्र ,नेपाल टेलिकम ,पोखरा शहरी बिकास तथा भवन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ,पूल सेक्टर लगायतले आफ्नो कार्यालयको कार्य प्रगतिको समिक्षा विवरण पेश गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेबी बिश्वकर्मा र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।






प्रतिक्रिया