पोखराबाट राजधानी जोड्ने ‘इभी लग्जरी बस’ सञ्चालनमा, जगदम्बा ट्रावलको नयाँ कदम

पोखराबाट राजधानी जोड्ने ‘इभी लग्जरी बस’ सञ्चालनमा, जगदम्बा ट्रावलको नयाँ कदम

परिबर्तन न्युज
६ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
६ फाल्गुन २०८२

फागुन ६,पोखरा

पोखराका स्थापित यातायात व्यवसायी केशव अधिकारी नेतृत्वको जगदम्बा ट्रावल्सले पोखराबाट काठमाडौँ हुँदै बनेपा–धुलिखेलसम्म ‘इभी लग्जरी बस’ सेवा सञ्चालनमा ल्याएको छ।

Advertisement:Ad

समय र प्रविधिको मागलाई ध्यानमा राख्दै कम्पनीले आजदेखि विद्युतीय (EV) प्रविधिमा आधारित आधुनिक सुविधासम्पन्न बस सञ्चालनमा ल्याएको जनाएको छ। बढ्दो इन्धन मूल्य, वातावरणीय चुनौती र यात्रुको आरामप्रतिको अपेक्षालाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको सञ्चालक अधिकारीले जानकारी दिनुभयो।

विगतदेखि वर्तमानसम्मको लामो यातायात क्षेत्रमा सक्रिय अधिकारी ले पोखराबाट नेपालका विभिन्न सहरहरू नेपालगञ्ज, भैरहवा, विराटनगर , वीरगञ्ज लगायत विभिन्न सहरहरूमा नियमित बस सेवा सञ्चालन गर्दै आईरहेको र अझै विस्तार गर्दै आफ्नो जीवनलाई अझै आफ्नो सेवालाई विस्तार गर्दै जाने क्रममा आफू पनि बदलिएको बताउनुभयो।

व्यवसाय विस्तारसँगै कम्पनीले सेवाको गुणस्तर, समयपालना र यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै आएको त्यसमा कुनै पनि कमी हुन नदिएको जगदम्बा ट्राभल्सले दाबी गरेको छ। नयाँ ‘इभी लग्जरी बस’ सेवा पनि सोही प्रतिबद्धताको निरन्तरता भएको चौडा गरेर बताउनुभएको थियो।

सुविधा सम्पन्न इभी बसमा आरामदायी सिट, एयर सस्पेन्सन, एसी, अनलाइन टिकट प्रणाली लगायत आधुनिक सुविधा समावेश गरिएको जनाइएको छ। विद्युतीय बस भएकाले इन्धन खर्चमा कमी मात्र होइन, वातावरणीय प्रदूषण न्यूनीकरणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

पोखरादेखि राजधानी क्षेत्रसम्म यात्रा गर्ने यात्रुका लागि यो सेवा सुविधाजनक विकल्प बन्ने विश्वास कम्पनीको छ। विशेष गरी पर्यटन र व्यापारिक आवागमन बढ्दै गएको सन्दर्भमा इभी प्रविधिमा आधारित सेवा समयसापेक्ष कदम मानिएको छ।

व्यावसायिक सन्देशको रूपमा परम्परागत यातायात सेवाबाट विद्युतीय प्रविधितर्फको यो रूपान्तरणले पोखरामा यातायात व्यवसाय आधुनिक चरणमा प्रवेश गरिरहेको संकेत दिएको छ। निजी क्षेत्रले प्रविधि र वातावरणमैत्री सेवामा लगानी बढाउँदै जानु सकारात्मक सन्देश भएको विश्लेषकहरूको धारणा छ।

जगदम्बा ट्रावलले आगामी दिनमा पनि सेवा विस्तार र स्तरोन्नतिलाई निरन्तरता दिदैं जाने कार्यक्रममा उपस्थित विभिन्न यातायात व्यवसायी संघ संगठनका प्रतिनिधिहरूले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज