पार्टीको झण्डा जलाउने र नेतृत्वलाई जथाभावी आरोप लगाउने कार्य अब स्वीकार्य छैन-नेसनल भोलेन्टियर्स फोर्स

पार्टीको झण्डा जलाउने र नेतृत्वलाई जथाभावी आरोप लगाउने कार्य अब स्वीकार्य छैन-नेसनल भोलेन्टियर्स फोर्स

परिबर्तन न्युज
८ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
८ फाल्गुन २०८२

फागुन ८, काठमाडौं

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएपछि नेसनल भोलेन्टियर्स फोर्सले आपत्ति जनाउँदै प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।

Advertisement:Ad

नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । फोर्सले रास्वपाका शीर्ष नेताले एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाएको र हिजो दाङमा आफ्नो पार्टीको झण्डा समेत जलाइएको भन्दै कारवाहीको माग गरेको छ ।

नेसनल भोलेन्टियर्स फोर्सले झण्डा जलाउने र आफ्नो नेतृत्वमाथि लान्छना लगाउनेमाथि प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको हो । फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार वक्तव्य जारी गर्दै सो चेतावनी दिनुभएको हो।

फोर्सले झण्डा जलाउने,उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भन्दै यस्ता कार्यमा संलग्न व्यक्ति माथि राज्य संयन्त्रले कारवाही नगरे अराजकहरूलाई कारबाही गर्न सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज