मध्यरातमा बस दुर्घटना ,१७ जनाको मृत्यु , २४ जना घाइते

मध्यरातमा बस दुर्घटना ,१७ जनाको मृत्यु , २४ जना घाइते

परिबर्तन न्युज
११ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
११ फाल्गुन २०८२

फागुन ११, पोखरा

आज मध्यरातको करिब १ बजे बस दुर्घटनामा परेर १७ जनाको मृत्यु , २४ जना घाइते भएका छन्।

Advertisement:Ad

पोखराबाट काठमाडौँ जादै गरेको ग १ ख  १४२१ नम्बरको यात्रुबाहक बस धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गको त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो।

घटना भएको थाहा पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।

उद्धार टोलीले मृत्यु भएका १७ जनाको शव घटनास्थलबाट बाहिर निकालिसकेको छ भने राति भएकाले उद्धार कार्यमा कठिनाइ भएकाे प्रहरीहरूले बताएका छन् ।

अहिले बिहान समाचार तयार पार्दासम्म घटना के कारणले घटेको थियो भन्ने कारण खुलेको छैन । मृतकहरू कसैको पनि सनाखत भएको छैन भने २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज