फागुन १४, पोखरा
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–३३ भरतपोखरीबाटै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ।
आज बिहीबार भरतपोखरीमा मतदाता भेटघाटका क्रममा लामगादी मा आयोजित युवा भेलामा उहाले आफ्नो सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू सधैं पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षमा उभिएको बताउनुभयो ।
आफ्नो सम्पत्ति सार्वजनिक गरिएको विवरणअनुसार उम्मेदवार आचार्यको आजका मितिसम्म आफ्नै नाममा कुनै सम्पत्ति नरहेको तर पुर्ख्यौली जग्गा जमिन भएपनि उहाको आफ्नै वुवाको नाममा रहेको बताउनुभयो । रश्मी आचार्यले तयार पारेको आफ्नो सम्पत्ति भनेको श्रीमतीको जागिर नै आफ्नो प्रमुख कमाई भएको आचार्यले स्पष्ट पारेको देखिन्छ ।
आफूले जिन्दगीको सधैंभरि ‘इमानदारी र नैतिकतालाई उच्च आदर्श मानेर अघि बढेको छु । अहिलेसम्म कसैसँग बेइमानी गरेको छैन, भोलि पनि गर्ने छैन,” आचार्यले भन्दै, ‘आज मसँग जे–जति छ, तपाईँहरूलाई जानकारी गराएको छु, भोलि पनि नियमित रूपमा जानकारी गराउनेछु ।’प्रतिबद्धता नै गर्नुभएको छ।
आर्थिक रूपमा बिग्रिएको परिवेश र नेतृत्व पंक्तिलाई देखेर पनि अनावश्यक रुपमा उठ्ने प्रश्नहरूको जवाफमा अनावश्यक फस्नु भन्दा पदमा पुगेपछि मात्र होइन, उम्मेदवारीकै चरणबाटनै आफूले शुद्ध जीवन जिउने निर्णय गरेको हुनाले सम्पत्ति विवरण सार्वजनिक गर्नु जनताप्रतिको उत्तरदायित्व भएकोले विजयी भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा रहे पनि आफूले आम मतदातालाई सुसूचित गर्ने उद्देश्यले सम्पत्ति विवरण सार्वजनिक गरेको स्पष्ट पारेको बताउनुभयो ।
देशको समृद्धि र जनताको विकासलाई ‘अर्जुन दृष्टि’ बनाउँदै निःस्वार्थ सेवाभावका साथ उम्मेदवारी दिएको बताउने आचार्यले आफ्नै जन्मभूमिका बासिन्दालाई साक्षी राखेर सम्पत्ति विवरण सार्वजनिक गर्नु राजनीतिक इमानदारीताको उदाहरण भएको स्थानीयवासी अरुले खुलेर प्रशंसा गर्नुभएको थियो।







प्रतिक्रिया