फागुन १६, पोखरा
कास्की २ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले ‘सबको साथ, सबको विकास’ र ‘सँगसँगै विकास, जीवनसँग जोडिएको विकास’को अवधारणाले अहिलेको समयको व्यवस्थित विकासको अगुवाई गर्ने बताउनुभयो ।
समावेशी, व्यवहारिक र जनजीवनसँग प्रत्यक्ष जोडिएको विकास मार्फत मात्रै देशले सही निकास पाउने धारणा राख्दै ‘दिगो विकास र सन्तुलित विकास’, जनसाथ र सहभागीमा मात्रै सम्भव हुने उल्लेख गर्दै उम्मेदवार आचार्यले दिगो विकासका लक्ष्य प्राप्त गर्न स्थानीय स्रोत साधनको उच्चतम परिचालनका निम्ति आफुले सो अवधारणा अघि सारेको बताउनुभयो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दैआयोजित मतदाता भेटघाट कार्यक्रममा पोखरा–१७ का मतदातासँगसाक्षात्कार गर्दै उहाले आफू निर्वाचित भईसकेपछि देशमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहने प्रष्ट पार्नु भयो।
सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउन आवाज उठाउने, त्यसैगरी वडा, प्रदेश र केन्द्र तहबीच प्रभावकारी समन्वय गरी विकास योजना लाई अघि बढाउने, केन्द्रबाट आउने बजेटलाई क्षेत्रको आवश्यकता अनुसार परिचालन गर्न सक्रिय भूमिका खेल्ने र समग्र विकास अभियान लाई परिणाममुखी बनाउने बताउनुभयो ।
आज भएको कार्यक्रममा एमालेका अग्रज नेता सोमनाथ अधिकारी प्यासी, एमाले केन्द्रिय सदस्य प्रभा कोइराला, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पूर्व प्रदेश कमिटी सदस्य केशव प्रसाद आचार्य, क्षेत्र नं. २ का सचिव झपट रानाभाट, राधिका शाही, जिल्ला कमिटी सदस्य सुवास ढुंगाना, युवा नेता शिवराज आचार्य, अग्रज नेता झपिन्द्र रेग्मी, सो वडाका अध्यक्ष विक्रम गुरुङ लगायत स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।







प्रतिक्रिया