Top Header Ad 1

खामेनी हत्या पछि इरानमा आक्रोश : राष्ट्रपतिले ‘कडा बदला’ लिने उदघोषद्घोष

खामेनी हत्या पछि इरानमा आक्रोश : राष्ट्रपतिले ‘कडा बदला’ लिने उदघोषद्घोष

परिबर्तन न्युज
१७ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
१७ फाल्गुन २०८२

फागुन १७, तेहरान/वासिङ्टन

अमेरिकाद्वारा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी को हत्या गरिएको दाबी सार्वजनिक भएसँगै इरानभर तीव्र आक्रोश फैलिएको छ।

Advertisement:Ad

घटनापछि इरानका राष्ट्रपति मसूद पेज़ेशकियान ले राष्ट्रका नाममा सम्बोधन गर्दै “यस आक्रमणको कडा बदला लिइने” घोषणा गरेका छन्।राष्ट्रपति पेज़ेशकियानले यसलाई “इरानको सार्वभौमिकता माथिको प्रत्यक्ष हमला” भन्दै दोषीमाथि प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिए। उनले इरानी जनता संयमित तर एकजुट भएर राष्ट्रिय सुरक्षाका पक्षमा उभिन आग्रह गरे।

यो घटनाले क्षेत्रीय तनाव चुलिने संकेत मध्यपूर्वमा तनाव झन् बढ्ने संकेत देखिएको छ। अमेरिका र इरानबीच लामो समयदेखि परमाणु कार्यक्रम,प्रतिबन्ध तथा क्षेत्रीय प्रभावका विषयमा विवाद रहँदै आएको छ। यस्तो अवस्थामा सर्वोच्च नेताको हत्याको दाबीले कूटनीतिक सम्बन्ध थप बिग्रिने विश्लेषकहरूको अनुमान छ।

इरानको सर्वोच्च नेतृत्व संरचनामा खामेनी अत्यन्त प्रभावशाली व्यक्ति थिए। सन् १९८९ देखि उनले देशको सर्वोच्च धार्मिक तथा राजनीतिक नेतृत्व सम्हाल्दै आएका थिए।

घटनापछि अन्तर्राष्ट्रिय प्रतिक्रियामा  विभिन्न देशहरूले संयम अपनाउन आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघले तत्काल वार्ता र शान्ति कायम राख्न आग्रह गरेको जनाइएको छ।

यसैबीच, संयुक्त राज्य अमेरिका ले घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।स्थिति जटिल बन्दै गइरहेकाले मध्यपूर्व क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। विश्व समुदायले सम्भावित द्वन्द्व रोक्न कूटनीतिक पहल आवश्यक रहेको धारणा व्यक्त गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज