Top Header Ad 1

एमाले उम्मेदवार रश्मि आचार्यको भन्नुहुन्छ : ‘भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अवसर दिनुहोस्’

एमाले उम्मेदवार रश्मि आचार्यको भन्नुहुन्छ : ‘भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अवसर दिनुहोस्’

परिबर्तन न्युज
१८ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
१८ फाल्गुन २०८२

पोखरा १८, फागुन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्यले फागु पूर्णिमाको अवसर पारेर मतदातासँग होली मनाउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न आफूलाई अवसर दिन आग्रह गर्नुभएको छ।

Advertisement:Ad

उहाँले विकासका मुख्य बाधकका रूपमा भ्रष्टाचार भएको र त्यसलाइ हटाउन को लागि देस र जनताको भोटलाई साचि राखेर कडा नीति–कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमार्फत देशलाई सही दिशामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा आयोजित मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार आचार्यले राजनीतिको मूल सफा नभएसम्म समृद्धिको अभियान सफल नहुने बताउनुभयो । ‘मुल धमिलो हुँदा सबै धमिलो हुन्छ,’ भन्ने भनाई राख्दै, देशलाई दिशानिर्देश गर्ने राजनीतिको मूल सफा पार्न म उम्मेदवार बनेको हुँ भन्नुभयो ।’

सुशासन बिनाको समृद्धि सम्भव नहुने बताउँदै नीति निर्माणका तहमा इमान्दार र दृढ अडान आवश्यक रहेको धारणा राख्दै आफु त्यस विषयमा पुर्ण रुपमा प्रष्ट रहेको बताउनुभयो। भ्रष्टाचारको समूल अन्त्य गर्ने जनआकांक्षा विशेषगरी युवापुस्तामा प्रकट भएको उल्लेख गर्दै उहाले त्यसलाई आफूले प्रमुख एजेन्डाका रूपमा अघि सारेको बताउनुभयो ।

आचार्यले विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनले मुलुक लाई राष्ट्रिय संकटबाट पार लगाउने जिम्मेवारी बोकेको यस विषयमा भने सबै सजग भएर भोट राख्न सबै लाइ अनुरोध गर्नुभएको थियो। फेरि पनि नियमित कार्यकाल पूरा नहुँदै संसद् विघटन भई समय अघि निर्वाचन हुन लागेको सन्दर्भ जोड्दै सबै सचेत मतदातालाई देश र विकास सम्झेर मत दिन आग्रह गर्नुभएको थियो।

‘देशलाई ठग्न खोज्नेहरू ठूलो स्वरमा बोलिरहेका छन्, तर देश बनाउनेहरू अठोटका साथ अघि बढिरहेका छन्,’ भन्दै ‘अबको जनमतले विकास र जिम्मेवार नेतृत्वको पक्षमा फैसला गर्नुपर्छ ।’

जनताका जटिल समस्याको रुपमा रहेको सहकारी लगायतका विभिन्न क्षेत्रमा देखिएका ठगी प्रकरणबारे संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउँदै उहाले जनताका समस्यालाई नीतिगत समाधानतर्फ लैजाने बताउनुभयो । ‘देशलाई घात गर्ने र जनतालाइ बेइमानी गर्नेहरूका विरुद्धमा दृढतापूर्वक आवाज उठाउनेछु,’ भन्दै ‘कास्की र देशको शिर ठाडो पार्ने गरी जनताको मत र अभिमतको सम्मान गर्दै संसदमा तपाईंहरूको आवाज गुन्जाउनेछु भन्नुभयो ।’

निर्वाचित भएपछि नियमित रूपमा जनतासँग संवाद गर्ने,वडा  वडा स्तरसम्म पुगेर समय समयमा सुझाव संकलन गर्ने र जनमैत्री कानुन निर्माणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘सबैको साथ सहयोग ले नै बिजय सम्भव भएको हुनाले बिजय पस्चात हुने विकास र जीवनसँग जोडिएको विकास अभियान’लाई सार्थक बनाउने आफ्नो लक्ष्य रहेको आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज