फागुन २५, पोखरा
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी कास्की जिल्लाको प्रत्यक्षतर्फ तीनवटै क्षेत्र जित्न सफल भएसँगै समानुपातिक तर्फ पनि प्रथम पार्टी बन्न पुगेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक तर्फको मत परिणाम सार्वजनिक हुदाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याउन सफल भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको मत परिणामअनुसार रास्वपाले करिब ६० प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थानमा आउन सफल भएको हो ।
कास्की जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ कुल १ लाख ९१ हजार ४२५ मत खसेको थियो । तीमध्ये रास्वपाले १ लाख १३ हजार ६ सय २८ मत (५९.३४ प्रतिशत) प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र्नाथ न्यौपानले जानकारी दिनुभयो ।
कास्कीका तीन निर्वाचन क्षेत्रमा समानुपातिक तर्फको लागि ५७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए जसमध्ये नेपाली कांग्रेस ले २८ हजार ६ सय ५६ मत (१४.९४ प्रतिशत) सहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) ले २४ हजार १ सय ९९ मत (१२.६४ प्रतिशत) प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । त्यसैगरी राप्रपाले ६ हजार ४ सय ६६ मत (३.३८ प्रतिशत) प्राप्त गरी चौथो स्थानमा रहेको छ भने नेकपाले ५ हजार ७ सय ६३ मत (३.०१ प्रतिशत) प्राप्त गर्दै पाँचौँ स्थानमा पुगेको छ। यसैगरी श्रम संस्कृति पार्टीले ३ हजार ५ सय ६४ मत (१.८६ प्रतिशत) प्राप्त गरेको र सबैभन्दा कम मितेरी पार्टी नेपालले जम्मा ३ मत पाएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो।
प्रतिनिधि सभा सदस्य तर्फ कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु गणेस पौडल कास्की–१, उत्तम पौडेल कास्की–२ र बिना गुरुङ कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।







प्रतिक्रिया