Top Header Ad 1

जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले नगदसहित पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले नगदसहित पक्राउ

परिबर्तन न्युज
२६ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
२६ फाल्गुन २०८२

फागुन २६,पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ ।

Advertisement:Ad

जिप्रका कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ५ जना र उनिहरूको साथ बाट नगद ९९ हजार ८ सय ५५ रुपैयाँ र १ बुक तास पक्राउ गरेको छ।

अकलादेवी क्षेत्रमा जुवातास खेलिरहेकाे भन्ने विशेष सूचनापछि खटिएकोे प्रहरी टोलीले जुवातास खेलिरहेकाे अवस्थामा ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका उनीहरुविरुद्ध सार्वजनिक विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज