Top Header Ad 1

सिरहा अदालतअगाडि बम विस्फोट, एक घाइते — प्रेसर कुकर बम भएको प्रारम्भिक पुष्टि

सिरहा अदालतअगाडि बम विस्फोट, एक घाइते — प्रेसर कुकर बम भएको प्रारम्भिक पुष्टि

प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त विस्फोट प्रेसर कुकर बम भएको देखाएको छ। बिस्फोटका कारण ल फर्मको सिसा फुट्नुका साथै भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको बताइएको छ

परिबर्तन न्युज
२८ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
२८ फाल्गुन २०८२

फागुन २८, सिरहा

सिरहाको सदरमुकामस्थित जिल्ला अदालत अगाडि बुधबार दिउँसो बम विस्फोट भएको छ। अदालत नजिकै रहेको “मधेश ल फर्म” मा भएको विस्फोटमा एक जना घाइते भएका छन्।

Advertisement:Ad

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार दिउँसो करिब ४:१५ बजे भएको विस्फोटमा २८ वर्षीय सौरभ यादव घाइते भएका हुन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त विस्फोट प्रेसर कुकर बम भएको देखाएको छ। बिस्फोटका कारण ल फर्मको सिसा फुट्नुका साथै भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको बताइएको छ।

घटनापछि नेपाल प्रहरी र सुरक्षा निकायको टोली घटनास्थलमा परिचालन गरिएको छ। बम किन र कसले राखेको भन्ने विषयमा भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

विस्फोटपछि केही समय सदरमुकाम क्षेत्रमा त्रास फैलिएको भए पनि अहिले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज